Jul 22 2026 | २०८३, श्रावण ६ गते

22 Jul 2026 | बुधवार, श्रावण ६ गते २०८३

बुधवार, श्रावण ६ गते २०८३
images
images

सुदूरपश्चिममा मतदानअघि सुरक्षा ‘हाई अलर्ट’ : प्रदेशबाट १२४६ प्रहरी फिल्डमा, बाँकी बाटोमै

सुदूरपश्चिममा मतदानअघि सुरक्षा ‘हाई अलर्ट’ : प्रदेशबाट १२४६ प्रहरी फिल्डमा, बाँकी बाटोमै

आइतवार , फाल्गुण १०, २०८२

धनगढी । फागुन २१ गते हुने निर्वाचनलाई शान्तिपूर्ण, निष्पक्ष र सुरक्षित रूपमा सम्पन्न गराउन सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय ले प्रदेशका ९ वटै जिल्लामा थप प्रहरी परिचालन गरेको छ।

प्रदेश प्रहरीका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) पदमबहादुर बिष्टका अनुसार जिल्लामा कार्यरत मौजुदा जनशक्तिलाई सघाउन प्रदेशभर थप २ हजार १०८ जना प्रहरी खटाइने योजना रहेको छ।

तीमध्ये हालसम्म १ हजार २४६ जना प्रहरी परिचालन भइसकेका छन् भने केही टोली गन्तव्यतर्फ जाने क्रममा रहेका छन्।

परिचालित जनशक्तिमध्ये ६४७ जना प्रदेश प्रहरी कार्यालय, तालिम केन्द्र तथा गणबाट खटाइएको हो भने ५९९ जना प्रहरी हेटक्वाटरबाट थपेर पठाइएको बिष्टले जानकारी दिए। बाँकी प्रहरीलाई पनि क्रमशः जिल्लातर्फ पठाउने प्रक्रिया जारी रहेको उनले बताए।

प्रदेश प्रहरीले निर्वाचन अवधिभर उच्च सतर्कता अपनाउँदै सुरक्षा व्यवस्था थप कडा बनाइएको जनाएको छ। मतदान केन्द्र तथा आसपासका संवेदनशील क्षेत्रको पहिचान गरी सुरक्षा योजना तयार पारिएको छ।

निर्वाचनको समयमा कुनै पनि अवाञ्छित गतिविधि हुन नदिन अतिरिक्त गस्ती, चेकजाँच र निगरानी बढाइएको प्रहरीको भनाइ छ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077