Jul 18 2026 | २०८३, श्रावण २ गते

18 Jul 2026 | शनिवार, श्रावण २ गते २०८३

शनिवार, श्रावण २ गते २०८३
images
images

दीपक भट्टसँगको कारोबारमा मुछिएका एमाले नेता विष्णु पौडेलविरुद्ध २० करोड ९० लाख बिगो दाबी

दीपक भट्टसँगको कारोबारमा मुछिएका एमाले नेता विष्णु पौडेलविरुद्ध २० करोड ९० लाख बिगो दाबी

बिहिवार , आषाढ ३२, २०८३

काठमाडौं । सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले व्यवसायी दिपक भट्टको सम्पत्ति शुद्धीकरण प्रकरणमा मतियारको भूमिका खेलेको आरोप लगाउँदै पूर्वअर्थमन्त्री तथा नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेलसहित १६ जना तथा १० वटा कम्पनीविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ।

विशेष अदालतले सार्वजनिक गरेको सूचनाअनुसार पौडेलमाथि २० करोड ९० लाख रुपैयाँ बराबरको सम्पत्ति शुद्धीकरणमा संलग्न रहेको आरोप लगाइएको छ। विभागले उनको बैंक खातामा रहेको ६ लाख ३४ हजार रुपैयाँसमेत जफत गर्न मागदाबी गरेको छ।

विभागका अनुसार व्यवसायी दिपक भट्टसँग सम्बन्धित सम्पत्ति शुद्धीकरण प्रकरणमा पौडेलले मतियार (सहयोगी)को भूमिका खेलेको निष्कर्षसहित मुद्दा दायर गरिएको हो।

यस प्रकरणमा विभागले ६ जना व्यक्ति१० वटा कम्पनीविरुद्ध पनि विशेष अदालतमा अभियोग दर्ता गरेको जनाएको छ।

विशेष अदालतले अब मुद्दाको प्रारम्भिक सुनुवाइपछि आरोपको कानुनी परीक्षण प्रक्रिया अघि बढाउनेछ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077