काठमाडौं । काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेललाई थप तीन दिन थुनामा राख्न विशेष अदालतले अनुमति दिएको छ।
विशेष अदालतका न्यायाधीशद्वय नारायण प्रसाद पौडेल र उमेश कोइरालाको इजलासले पूर्व अर्थमन्त्री समेत रहेकापौडेललाई थप तीन दिन हिरासतमा राख अनुमति दिएको हो।
सम्पत्ति शुद्धीकरण कसुरमा असार ८ गते सुर्खेतबाट पक्राउ परेका पौडेललाई सम्पत्ति शुद्धीकरण विभागले बिहीबार पाचौँ पटक म्याद थपका लागि अदालत लगेको थियो।
योसँगै पूर्वमन्त्री पौडेलमाथि पाचौँ पटक म्याद थप भएको हो ।
यसअघि असार २४ चौथो दिन थुनामा राख्न अनुमति दिइएको थियो भने असार १८ गते उनलाई ६ दिन थुनामा राखेर अनुसन्धान गर्न अदालतले अनुमति दिएको थियो
त्यसअघि दोस्रो पटक असार १५ गते र असार ९ गते उनीविरुद्ध ३ दिन म्याद थप भएको थियो।
हाल सम्पत्ति शुद्धीकरण विभागले पूर्व अर्थमन्त्री समेत रहेका पौडेलविरुद्ध पदको दुरुपयोग गरेर हाल प्रहरी हिरासतमा रहेका व्यवसायी दीपक भट्टलाई सेयर खरिदमा सहजीकरण गरेको कसुरमा अनुसन्धान गरिरहेको छ ।