Jul 14 2026 | २०८३, आषाढ ३० गते

14 Jul 2026 | मंगलवार, आषाढ ३० गते २०८३

मंगलवार, आषाढ ३० गते २०८३
images
images

प्रेम सम्बन्ध टुटेपछि युवतीको चरित्र हत्या, भारतीय र नेपाली युवक पक्राउ

प्रेम सम्बन्ध टुटेपछि युवतीको चरित्र हत्या, भारतीय र नेपाली युवक पक्राउ

सोमवार , आषाढ २९, २०८३

काठमाडौं । सामाजिक सञ्जालमार्फत युवतीको चरित्रहत्या, ब्ल्याकमेल र अश्लील सामग्री प्रसारण गरेको आरोपमा दुई जना पक्राउ परेका छन्।

पक्राउ पर्नेमा भारतको आसाम घर भएका २६ वर्षीय जावरुल हक र ओखलढुंगा घर भएका २४ वर्षीय सरोज कार्की रहेका छन् ।

नेपाल प्रहरीको साइबर ब्यूरोका अनुसार जावरुल हकले पीडित महिलाको निजी तस्बिर तथा भिडियो दुरुपयोग गरी ब्ल्याकमेल गर्दै दुःख हैरानी दिएका थिए।

यस्तै, सरोज कार्कीले प्रेम सम्बन्ध टुटेपछि सामाजिक सञ्जालमा अश्लील सामग्री पोस्ट गरेर पीडितलाई मानसिक तनाव दिएको आरोप छ।

दुवैलाई काठमाडौं जिल्ला अदालतबाट पाँच दिनको म्याद थप अनुमति लिएर थप अनुसन्धान भइरहेको साइबर ब्यूरोले जनाएको छ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077