Jul 14 2026 | २०८३, आषाढ ३० गते

14 Jul 2026 | मंगलवार, आषाढ ३० गते २०८३

मंगलवार, आषाढ ३० गते २०८३
images
images

सञ्चार गृह अगाडि शंकास्पद पार्किङ गरिएका गाडीलाई चिट काटेर छाडियो

सञ्चार गृह अगाडि शंकास्पद पार्किङ गरिएका गाडीलाई चिट काटेर छाडियो

सोमवार , आषाढ २९, २०८३

काठमाडौं । कान्तिपुर पब्लिकेसन, अनलाइनखबर, हिमालय टेलिभिजनलगायत विभिन्न सञ्चारगृहको प्रवेशद्वार अगाडि शंकास्पद रूपमा पार्किङ गरिएका गाडीलाई काठमाडौं उपत्यका ट्राफिक प्रहरीले अनधिकृत पार्किङको कसुरमा जरिवाना गरी सम्बन्धित धनीलाई जिम्मा लगाएको छ।

काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार सम्बन्धित गाडीधनी सम्पर्कमा आएपछि सोमबार प्रचलित कानुनअनुसार जरिवानाको चिट काटेर गाडी छाडिएको हो।

पार्किङको अवस्थाअनुसार गाडीधनीलाई ५ सयदेखि १ हजार ५ सय रुपैयाँसम्म जरिवाना गरिएको छ। सञ्चारगृहअगाडि पार्क गरिएका पाँचवटा गाडीसहित अन्य स्थानमा अनधिकृत रूपमा पार्किङ गरिएका थप १४ वटा सवारीसाधनमाथि पनि कारबाही गरिएको प्रहरीले जनाएको छ।

ट्राफिक नियम उल्लंघनमा कानुनी कारबाही भइसके पनि सञ्चारगृहको गेट नै छेक्ने गरी गाडी राखिनुको उद्देश्य भने अनुसन्धानकै विषय रहेको बताइएको छ । प्रारम्भिक चरणमा गाडीभित्र विस्फोटक पदार्थ वा अन्य शंकास्पद सामग्री हुन सक्ने आशंकाका कारण तत्काल हटाउन सकिएको थिएन ।  त्यसपछि सिभिल प्रहरीले सुरक्षा जाँच गरेपछि मात्रै आवश्यक प्रक्रिया अघि बढाइएको थियो।

सोमबार बिहान कान्तिपुर पब्लिकेसन, अनलाइनखबर र हिमालय टेलिभिजनका मुख्य प्रवेशद्वार अगाडि गाडी पार्क गरेर चालकहरू त्यहाँबाट हिँडेका थिए।

घटनाप्रति नेपाल पत्रकार महासंघले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077