Jul 14 2026 | २०८३, आषाढ ३० गते

14 Jul 2026 | मंगलवार, आषाढ ३० गते २०८३

मंगलवार, आषाढ ३० गते २०८३
images
images

शंकास्पद पार्क गरिएका तीन गाडीमध्ये एउटा बैंकको, दुई वटा व्यक्तिका नाममा

शंकास्पद पार्क गरिएका तीन गाडीमध्ये एउटा बैंकको, दुई वटा व्यक्तिका नाममा

सोमवार , आषाढ २९, २०८३

काठमाडौं । काठमाडौंका तीन सञ्चारमाध्यमका कार्यालयअगाडि सोमबार बिहान शंकास्पद रूपमा पार्क गरिएका गाडीमध्ये एउटा बैंकको नाममा र दुई वटा निजी व्यक्तिको नाममा दर्ता रहेको खुलेको छ।

यातायात व्यवस्था विभागको अभिलेखअनुसार, कान्तिपुर पब्लिकेशनअगाडि पार्क गरिएको बा. प्रदेश–०१–०३४ च ८४८० नम्बरको गाडी सानिमा बैंक को नाममा दर्ता रहेको छ।

यसैगरी अनलाइनखबरको कार्यालयअगाडि राखिएको बा.१२ च ८५४५ नम्बरको गाडी सुनिल पौडेल को नाममा दर्ता रहेको विभाग स्रोतले जनाएको छ।

त्यसैगरी हिमालय टेलिभिजनको कार्यालयअगाडि पार्क गरिएको बा.१२ च १२५५ नम्बरको गाडी भने सुवाष भण्डारी को नाममा रहेको खुलेको छ।

कान्तिपुर पब्लिकेशन, अनलाइनखबर र हिमालय टेलिभिजनको कार्यालयअगाडि बाटो नै अवरुद्ध हुने गरी गाडी राखिएपछि पत्रकार तथा कर्मचारीलाई कार्यालयभित्र सवारीसाधन प्रवेश गराउन समेत कठिनाइ भएको थियो।

घटनापछि नेपाल प्रहरी र ट्राफिक प्रहरीको संयुक्त टोलीले क्रेन प्रयोग गरेर तीनै गाडी हटाएको थियो।

यस्तै अहिले नेपाली कांग्रेसका सभापति गगन थापाको काठमाडौंको रातोपुलस्थित निजी निवास अगाडि सोमबार बिहानदेखि शंकास्पद रूपमा एउटा गाडी पार्किङ गरिएको भेटिएको छ भने अनामनगरमास्थित भाटभटेनी सुपरमार्केट अगाडि समेत सवारी पार्किङ गरिएको भेटिएको छ ।

यसअघि नै नेपाल पत्रकार महासंघले एक विज्ञप्ति जारी गर्दै सञ्चारगृह र पत्रकारको अधिकारमाथि गरिएको यस प्रकारको अवरोध निन्दनीय रहेको भन्दै संलग्न दोषीहरूलाई तत्काल कानुनी दायरामा ल्याउन सरकारसँग माग गरिसकेको छ।

जिल्ला प्रहरी परिसर काठमाडौंले तीनै सवारीसाधन कसले र किन त्यहाँ पार्क गरेको भन्ने विषयमा अनुसन्धान भइरहेको जनाएको छ।

यस कार्यलाई नियोजित र रहस्यमय रूपमा लिँदै सञ्चार क्षेत्रमा त्रास फैलाउने उद्देश्यले गरिएको गतिविधि भनी व्यापक आलोचना भइरहेको छ।

यसैबीच प्रधानमन्त्री बालेन्द्र शाह 'बालेन' निकट मानिने रास्वपाका पूर्व केन्द्रीय सदस्य मधुसुदन ढकालले ढकालले सामाजिक सञ्जालमार्फत अव्यवस्थित पार्किङले कस्तो असहज अवस्था सिर्जना गर्न सक्छ भन्ने सन्देश दिन खोजिएको हुन सक्ने सांकेतिक टिप्पणी गरेका छन्।

बालेन निकट नेताको सार्वजनिक टिप्पणीले विभिन्न कोणबाट चर्चा र प्रश्न उठाएको छ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077