Jul 14 2026 | २०८३, आषाढ ३० गते

14 Jul 2026 | मंगलवार, आषाढ ३० गते २०८३

मंगलवार, आषाढ ३० गते २०८३
images
images

संसद बैठकमा आधा घण्टा पनि बसेनन् रवि–बालेन

संसद बैठकमा आधा घण्टा पनि बसेनन् रवि–बालेन

मंगलवार , आषाढ ३०, २०८३

काठमाडौं । प्रतिनिधिसभा बैठकमा सहभागी हुन पुगेका प्रधानमन्त्री बालेन्द्र शाह ‘बालेन’ र सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछाने केहीबेर बसेर निस्किएका छन् ।

केहीबेरअघि एकैपटक प्रधानमन्त्री शाह र सभापति लामिछाने प्रतिनिधिसभा बैठकमा पुगेका थिए ।

दिउँसो १ बजेर ३७ मिनेटमा बैठकस्थल प्रवेश गरेका उनीहरु करिब २० मिनेट बसेर निस्किएका थिए ।

बैठकमा सहभागी हुन पुग्नुअघि उनले सभामुख डोलप्रसाद अर्यालले करिब ५ मिनेट छलफल गरेका थिए ।

सरकारका एकपछि अर्को काम विवादमा पर्दै गएका बेला प्रधानमन्त्री शाह र सभापति लामिछाने संसद् बैठकमा सहभागी हुन गएका छन् ।

उनीहरू संसदमा आउँदा राष्ट्रिय प्रजातन्त्र पार्टीकी सांसद खुश्वु ओली बोलिरहेकी थिइन्। यहि विषयलाई लिएर नेकपा एमालेका सांसद ऐन महरले नियामापत्ति समेत गरेका थिए । 

प्रधानमन्त्री शाह प्रतिनिधिसभा बैठकमा जानुअघि सभापति लामिछानेको बूढानीलकण्ठस्थित घरमा पनि पुगेका थिए । जहाँ पुगेर उनले सरकारका कामको बचाउ गरेका थिए ।

तर आइतबार र सोमबार सरकारकै मान्छेको योजनामा न्यूरोड क्षेत्र र सञ्चारमाध्यमका कार्यालय अगाडि गाडी तेर्स्याउने कदमले चौतर्फी आलोचना भइरहँदा बालेन संसद् पुगेका हुन्।

यसअघि जेठ १७ गते सदनमा उपस्थित भएका प्रधानमन्त्री शाहले नेपालले पनि भारतको जमिन मिचेको भन्दै विवादित अभिव्यक्ति दिएका थिए । जसको अहिलेसम्म पनि विरोध हुँदै आएको छ । 

उनले भनेका थिए–‘प्रधानमन्त्री भएपछि थाहा पाएको भारतले मात्र होइन नेपालले पनि भारतको जग्गा मिचेको रहेछ । यो विषयमा दुईपक्ष बसेर हेर्नुपर्नेछ ।’
 

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077