Jun 25 2026 | २०८३, आषाढ ११ गते

25 Jun 2026 | बिहिवार, आषाढ ११ गते २०८३

बिहिवार, आषाढ ११ गते २०८३
images
images

मधेशका अर्थमन्त्री भट्टराईको गाडी तोडफोड गरेको आरोपमा एक जना पक्राउ

मधेशका अर्थमन्त्री भट्टराईको गाडी तोडफोड गरेको आरोपमा एक जना पक्राउ

बिहिवार , आषाढ ११, २०८३

जनकपुरधाम। मधेश प्रदेशका अर्थमन्त्री युवराज भट्टराई चढ्ने गाडी तोडफोड गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा महोत्तरीको महोत्तरी गाउँपालिका-६ का जितेन्द्र मिश्र रहेका छन् ।

बुधबार बिहान मधेश भवनस्थित मन्त्रालय अगाडि पार्किङ गरी राखिएको ज १ झ ४४१ नम्बरको सरकारी गाडी तोडफोड गरिएको थियो । 

जिल्ला प्रहरी कार्यालय धनुषाकाअनुसार आज दिउँसो उनलाई मधेश भवन भित्रैबाट सीसीटीभी फुटेजको आधारमा पक्राउ गरिएको हो ।

पक्राउ परेका मिश्रले मन्त्रीको गाडीमा रहेको राष्ट्रिय झन्डा भाँचेर भुइँमा फालेको र कानमा फोन लगाउँदै मन्त्रालय परिसर भित्र गएको सीसीटीभी फुटेजमा देखिएको छ ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077