Jul 22 2026 | २०८३, श्रावण ६ गते

22 Jul 2026 | बुधवार, श्रावण ६ गते २०८३

बुधवार, श्रावण ६ गते २०८३
images
images

सर्लाहीमा तस्करी रोकिएन, तस्करीको धूप लोड भएको ट्रक भारतीय सीमामा बरामद

सर्लाहीमा तस्करी रोकिएन, तस्करीको धूप लोड भएको ट्रक भारतीय सीमामा बरामद

सोमवार , चैत्र २३, २०८२

काठमाडौं । उपत्यकामा गुण्डागर्दी नियन्त्रण र जनसम्पर्क हुने सरकारी कार्यालय बिचौलियामुक्त गराउन लागेका गृहमन्त्री सुधन गुरुङले नेपाल–भारत सीमा नाकाबाट हुने भन्सारछली तस्करी नियन्त्रणमा भने ध्यान दिन सकेका छैनन् ।

सर्लाहीका भारतसँग जोडिएका नाकाहरुमा मलंगवा, त्रिभुवननगर, पर्सा,  नरायणपुर क्षेत्र,  गोरखकाली, भाडसर, सग्रामपुर, फेनहरा अन्तर्गत बलरा, मधुवनी, बहादुरपुर लगायत छन् । 

यी नाकामध्ये सशस्त्रको फेनरा प्रस्तावित गुल्म अन्तर्गतका मधुवनी, बहादुरपुर, बलरा नाकाबाट सबैभन्दा बढी तस्करी हुँदैआएको छ ।

नाका नाकामा तस्करीको सेटिङ गर्न १० नम्बर गण सर्लाहीका एसपी अमर खत्रीले असई सुरेश महतोलाई घुमुवाका रुपमा खटाएका छन् । गणबाटै उनी परिचालित हुने गरेको स्रोत बताउँछ । 

सर्लाहीबाट तस्करी रोकिन नसकेको प्रमाण मलगंवाको सीमाक्षेत्र सोनबरसाको सहोरवामा शनिबार बरामद भएको एक ट्रक सामानबाटै पुष्टि हुन्छ । नेपालतफ ल्याउन लागिएको अगरबत्ती लोड भएको सामान भारतीय सीमा सुरक्षा बल (एसएसबी) को टोलीले बरामद गरेको छ ।

उक्त ट्रक बरामद भएपछि पूजा सामानमात्र होइन, अरु सामानसमेत तस्करी भइरहेको आशंका एसएसबीले गरेको समाचार भारतीय संचारमाध्यमले उल्लेख गरेका छन् ।

एसएसबीका कमान्डेन्ट संजीवकुमार नै पुगेर तस्करीमा कडाइ गर्न निर्देशन दिएका छन् । उक्त धूप भारतबाट कसले ल्याएको हो र नेपालका कुन ब्यापारीसँग कनेक्सन रहेको छ भनेर एसएसबीले खोजीनीति सुरु गरेको छ ।

एसएसबीले धूप लोड भएको ट्रक बरामद गरेपछि तस्करी निर्वाध भइरहेको कुरालाई पुष्टि गरेको छ । सर्लाहीको छतौना बलरा, मधुवनी र बहादुरपुर बीओपीका इन्चार्ज र घुमुवा महतोको मिलेमतोमा भारतबाट कपडा, माछा, सख्खर (गुड) तस्करी हुँदैआएको छ  ।

नेपालबाट चिनियाँ स्याउ, फर्सीको बियाँ, मदिरा र कवाडीलगायतको भारततर्फ भारततर्फ तस्करी भइरहेको छ ।

dfgdfhj.jpg

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077