Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

डीआईजीका घुमुवाको सेटिङमा सिरहामा तस्करी, मधेशका आठ जिल्लामै जगजगी !

डीआईजीका घुमुवाको सेटिङमा सिरहामा तस्करी, मधेशका आठ जिल्लामै जगजगी !

शनिवार , चैत्र ७, २०८२

लहान । भारतसँग सीमा जोडिएका सिरहाका नाकाहरुबाट नेपाल प्रहरी र सशस्त्र प्रहरी बलको सेटिङमा तस्करीको लाइन चलिरहेको छ ।

जेनजी आन्दोलनपछि चुनावका लागि गठन भएको नागरिक सरकार बिदा हुन लागेको र नयाँ सरकार नबनिसकेको अवस्थामा सिरहामा तस्करीको लाइन चलाइएको छ ।

स्रोतका अनुसार नेपाल प्रहरीको मधेश प्रदेश प्रहरी कार्यालयका प्रमुख डीआईजी गोविन्द थपलियाले परिचालन गरेका घुमुवा बरिष्ठ सई गोपाल थापा मगर र अर्का सई जयलाल यादवको नेतृत्वमा सिरहाका नाकाहरुमा घुमुवा खटाएर तस्करीको लाइन चलाइएको छ ।

डीआईजी थपलियाले मधेश प्रदेशमा सरुवा हुनासाथ अतिरिक्त कमाउधन्दा संचालन गर्नका लागि थापामगरलाई सँगै लिएर गएका थिए ।

डीआईजी थपलियाले बरिष्ठ सई थापामगरलाई ८ वटै जिल्ला र सई जयलाललाई धनुषा र सिरहामा असुलीमा लगाएका छन् ।

जिल्ला प्रहरी कार्यालय सिरहाका एसपी बासुदेव पाठकले असई रामचन्द्र यादवको नेतृत्वमा ६ जना घुमुवा परिचालन गरेका छन् । जसमा असई रामेश्वर खँग, हवल्दार प्रमोद यादव, सजिव पासवान, प्रहरी सहायक हवलदार सुशील यादव, जवान रमेश यादवलाई खटाइएको छ ।

बिशेष गरी बरिष्ठ सई थापामगरले ८ वटै जिल्लामा प्रदेशको घुमुवाका रुपमा मच्चाएको असुली आतंकले एसपीहरु अप्ठेरोमा परेका छन् । प्रदेशका घुमुवाले नाकामा तस्करी सुचारु गर्न खोज्दा बदनाम जिल्लाको प्रहरी नेतृत्व हुँदैआएको छ ।

डीआईजीका घुमुवा जयलाल यादवले धनुषा र सिरहा दुबैतिर सेटिङ मिलाउने काम गर्दैआएका छन् । डीआईजी र जिल्लाका एसपीको नाममा समेत तस्करहरुबाट मासिक असुली गर्ने गरेको आरोप उनीमाथि छ ।

धनुषाको जटही नाकाबाट कारोबार गर्ने उमेश साहले डीआईजी र एसपीको नाममा दररेट जयलाललाई बुझाउँदाबुझाउँदै अर्का घुमुवा गोपाल थापामगरले चैत १ गते सामान समातेपछि तनावपूर्ण अवस्था निम्तिएको थियो । डीआईजी थापाका घुमुवाको कर्तुत लुकाउन फुलगामा चौकीका इन्चार्ज सई टेकबहादुर कार्कीसहित प्रहरीको सेटै जिल्ला फिर्ता गरिसकिएको छ ।

डीआईजीका घुमुवाको असुली ढाकछोप गर्न सई कार्कीलाई अनाहकमा तानिएपछि एसपी र डीआईजीबीच नै खटपट उत्पन्न भएको छ ।

घुमुवा सई जयलालले धनुषामा मात्र होइन, सिरहाका प्रत्येक नाकाबाट डीआईजीको नाममा तस्करीको लाइन चलाएर लाभ लिइरहेका छन् ।

सिरहाका तारापट्टि, झाँझपट्टि, हर्कट्टी, कचनारी, गोरगामा, ठाडी, माडर र खिराउना नाका, बरियारपट्टि, कमलापारी जस्ता नाकाबाट तस्करीको लाइन चलाएर कुस्त लाभ लिएका छन् ।

सिरहाका अधिकांश नाकाबाट तस्करीको लाइन चलाइएको छ । बरियारपट्टी नाकाबाट हुने तस्करीको बारेमा पनि तथ्यसहितको समाचार प्राप्त भएको छ ।

बरियारपट्टि नाकाबाट नेपाल प्रहरी र सशस्त्र प्रहरी दुबै सेटिङ गरी तस्करी हुने गरेको छ । बरियारपट्टिबाट निरमाला, जिबछा, सोपुर बाली, सिता, अमिरती, राकेश,  सुरेन्द्र र दान्तावालीहरुले तस्करीको लाइन पाएका छन् ।

मासिक दररेट बुझाएर उनीहरुले तस्करी गर्दैआएका छन् । उनीहरुले नेपालबाट चिनियाँ स्याउ, मदिरा भारततर्फ तस्करी गर्दै आएका छन् भने भारतबाट किराना, हार्डवेयर, कपडा ल्याउने गरेका छन् । यी सबैसँग १५ हजारदेखि ५० हजार रुपैयाँ घुस लिएर तस्करी गर्न छुट दिएका छन् ।

सशस्त्र प्रहरी बीओपी बरियारपट्टिका इन्स्पेक्टर पशुपति बराल छन् । बरालले नाकामा तस्करीको सेटिङ मिलाउन घुमुवा अर्जुन ठाकुरलाई खटाएका छन् ।

उनले नै ब्यापारीसँग दररेट उठाएर इन्स्पेक्टरलाई बुझाउने गरेको स्रोत बताउँछ । बीओपी इन्चार्जको र उनको दररेट बुझाएर ब्यापारीले लाइन पाएका छन् ।

ठाकुरले नै जिबस साह, निमाल यादव, अमती यादव, रेनु यादव, गीता महतो, सोपुर बुरीया, सीता, दन्तवाली, सुरेन्द्र साह, राकेश यादवसँग मासिक दररेट तय गरी बरियारपट्टिबाट लाइन चलाएका छन् ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077