Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

आफ्नै अभिव्यक्तिका कारण विवादमा डीआईजी, घुमुवा परिचालन गरी तस्करीको लाइन !

आफ्नै अभिव्यक्तिका कारण विवादमा डीआईजी, घुमुवा परिचालन गरी तस्करीको लाइन !

बुधवार , मंसिर २४, २०८२

काठमाडौं । अघिल्ला आईजीपी चन्द्रकुवेर खापुङसँगको विशेष सम्बन्धका कारण मधेश प्रदेश प्रहरी कार्यालयको प्रमुखमा सरुवा हुन सफल भएका डीआईजी गोविन्द थपलिया चर्चामा आउनका लागि एकपछि अर्को विवादित अभिब्यक्ति दिन थालेका छन् ।

डीआईजी थपलियाले मंगलबार एक कार्यक्रममा मधेशमा प्रहरी पैसा कमाउनकै लागि आएको अभिब्यक्ति दिएका छन् । मधेश प्रदेशको प्रमुख भएर आफ्नै मातहतका प्रहरीमाथि उनले यस्तो गम्भीर लान्छना लगाएका हुन् ।

आफ्नै मातहतका प्रहरीमाथि पैसा खाएको आरोप लगाएका डीआईजी थपलिया धनुषाको एसपीसमेत भएका थिए । उनले त्यतिबेला सादा पोशाकमा घुमुवा परिचालन गरेकै थिए ।

उनी धनुषा पैसा कमाउनकै लागि आएका थिए त ? भन्ने प्रश्न उठेको छ । मातहतका प्रहरीमाथि मधेशमा पैसा उठाउन आएको आरोप लगाएका उनले पूर्वआईजीपी खापुङले सिफारिस गरेका बरिष्ठ सई गोपाल थापा मगरलाई घुमुवा राखेका छन् ।

काठमाडौंको एक गणमा दरबन्दी भएका थापा मधेशमा डीआईजीको नाममा जिल्ला जिल्लामा असुलीमा तल्लीन भएको आरोप छ ।

थापाले डीआईजीको आडमा सर्लाहीमा हवल्दार भागनारायण साह र जवान नुरु होडालाई घुमुवा राखेका छन् । उनीहरुले डीआईजीकै नाममा असुली गर्ने गरेको आरोप छ ।

बरिष्ठ सई थापाले जिल्ला जिल्लाका सादा पोशाकमा खटिएका घुमुवालाई तान्ने, कुरा मिले फिर्ता पठाउने र नमिले गणमा थन्क्याउने गरेका छन् । जसको जवलन्त उदाहरण हवल्दार बच्चा यादव नै हुन् ।

बच्चा यादवलाई बरिष्ठ सई थापाले सर्लाहीबाट तानेर गणमा एक दिन राखी दररेट बुझाउने गरी बारा, पर्सा र रौतहट हेर्ने गरी घुमुवाका रुपमा खटाएका छन् ।

त्यसैगरी पर्सामा हवल्दार छोटेलाल यादवलाई घुमुवाका रुपमा खटाएका छन् । सई जयलाल यादवलाई बुधबारबाटै धनुषाका नाकाबाट तस्करीको दस्तुरी उठाउने जिम्मा लगाइएको छ । बारामा जवान पवन महतोलाई थापाले राजमार्गको जिम्मा लगाएका छन् ।

बरिष्ठ सई थापाले मधेशका ८ वटै जिल्लामा घुमुवाहरुलाई परिचालन गरी डीआईजीका नाममा असुल्ने गरेको आरोप छ । गएको मंसिर १५ गते धनुषाको नगराइन नगरपालिका–२ जटहीस्थित खेतबारीबाट १३ लाख ७० हजार बराबरको १ हजार ३७० किलो काजु प्रहरीको सेटिङमा ल्याइएको थियो ।

सशस्त्रले उक्त काजु बरामद गरेको थियो । डीआईजी थपलियाका घुमुवा बरिष्ठ सई थापाले नै काजु तस्करीको लाइन दिएको स्रोत बताउँछ ।

धनुषाका मदिरा कारोबारी राजीव महासेठदेखि महोत्तरीका ब्यापारी कालियामार्फत् थापाले ढल्केबर र भारतको पिपरीयामा नजराना बुझेर तस्करीको लाइन चलाएको आरोप छ ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077