Jun 17 2026 | २०८३, आषाढ ३ गते

17 Jun 2026 | बुधवार, आषाढ ३ गते २०८३

बुधवार, आषाढ ३ गते २०८३
images
images

डीआईजी अधिकारीले सम्हाले मधेश प्रहरीको कमाण्ड

डीआईजी अधिकारीले सम्हाले मधेश प्रहरीको कमाण्ड

बुधवार , आषाढ ३, २०८३

काठमाडौं । नेपाल प्रहरीका प्रहरी नायब महानिरीक्षक (डीआईजी) ओमप्रसाद अधिकारीले मधेश प्रदेश प्रहरीको कमाण्ड सम्हालेका छन् ।

उनले जनकपुरधामस्थित प्रदेश प्रहरी कार्यालयमा बुधबार जिम्मेवारी ग्रहण गरेका हुन् । यसअघि उनी काठमाडौं उपत्यका प्रहरी कार्यालयमा कार्यरत थिए । 

पदभार ग्रहणपछि उनले मातहतका जिल्ला प्रहरी प्रमुख तथा प्रहरी कर्मचारीहरूलाई आम नागरिकले प्रत्यक्ष अनुभूति गर्ने गरी निष्पक्ष, पारदर्शी र जनउत्तरदायी प्रहरी सेवा प्रवाह गर्न निर्देशन दिएका छन्।

डीआईजी अधिकारीले मधेश प्रदेशमा हुने आपराधिक गतिविधि, गुण्डागर्दी, भन्सार छली तथा अन्य अवैध क्रियाकलापविरुद्ध शून्य सहनशीलता नीति अपनाइने स्पष्ट पारे। 

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077