Jun 25 2026 | २०८३, आषाढ ११ गते

25 Jun 2026 | बिहिवार, आषाढ ११ गते २०८३

बिहिवार, आषाढ ११ गते २०८३
images
images

चिकित्सकको उपाधि बिनै 'स्पार्क इन्टरनेसनल हेल्थ रिसोर्टमा' बिरामी जाँच्ने चेतना पौडेल पक्राउ

चिकित्सकको उपाधि बिनै 'स्पार्क इन्टरनेसनल हेल्थ रिसोर्टमा' बिरामी जाँच्ने चेतना पौडेल पक्राउ

बिहिवार , आषाढ ११, २०८३

काठमाडौं । चिकित्सकको नक्कली उपाधि प्रयोग गरी गैरकानुनी रूपमा चिकित्सा अभ्यासमा संलग्न रहेको आरोपमा एक जनालाई पक्राउ गरेको छ।

पक्राउ पर्नेमा आफूलाई नेपालको पहिलो प्राकृतिक चिकित्सा विशेषज्ञ दाबी गर्दै चेतना पौडेल रहेकी छिन् । 

उनलाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले मंगलबार पक्राउ गरेको हो ।

सीआईबीले बिहीबार जारी गरेको विज्ञप्तिअनुसार नेपाल मेडिकल काउन्सिलले नियमित अनुगमनका क्रममा काठमाडौं जिल्ला चन्द्रागिरि नगरपालिका–८ मा सञ्चालित स्पार्क इन्टरनेसनल हेल्थ रिसोर्ट मा कार्यरत काठमाडौं जिल्ला साविक मातातीर्थ गाविस–७ का ४७ वर्षीया पौडेलले नेपाल मेडिकल काउन्सिलमा दर्ता नभई चिकित्सकको उपाधि प्रयोग गरेको पाएको थियो।

विज्ञप्तिअनुसार उनले नेपाल मेडिकल काउन्सिलको दर्ता प्रमाणपत्र प्राप्त नगरी बिरामीहरूको आधुनिक चिकित्सा निदान तथा उपचारमा संलग्न रहेको, बिरामीलाई औषधि सिफारिस गरिएको प्रिस्क्रिप्सनसमेत वितरण गरेको भन्दै आवश्यक कारबाहीका लागि नेपाल मेडिकल काउन्सिलको छानबिन प्रतिवेदनसहित उजुरी सीआईबीमा प्राप्त भएको थियो।

उक्त उजुरीका आधारमा प्रारम्भिक अनुसन्धान अघि बढाएको सीआईबीले काठमाडौं जिल्ला अदालतबाट पक्राउ अनुमति लिएपछि २०८३ असार १० गते चन्द्रागिरि नगरपालिका–८ बाट पौडेललाई पक्राउ गरेको हो ।

सीआईबीका अनुसार पक्राउ परेकी पौडेलमाथि काठमाडौं जिल्ला अदालतबाट म्याद थप अनुमति लिई मुलुकी अपराध संहिता, २०७४ अन्तर्गत उपचारसम्बन्धी कसुरमा थप अनुसन्धान भइरहेको छ।

आफूलाई नेपालको पहिलो नेचुरोपेथिक विशेषज्ञ र फङ्सनल मेडिकल विशेषज्ञका रूपमा प्रस्तुत गर्दै आएकी पौडेलले फेसबुक पेजमार्फत स्वास्थ्यसम्बन्धी विभिन्न सल्लाह दिँदै आएकी थिइन् । फेसबुकमा उनका एक लाख २४ हजारभन्दा बढी र टिकटकमा १२ हजारभन्दा बढी फलोअर छन् ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077