Jun 25 2026 | २०८३, आषाढ ११ गते

25 Jun 2026 | बिहिवार, आषाढ ११ गते २०८३

बिहिवार, आषाढ ११ गते २०८३
images
images

मादक पदार्थ सेवन गरी बिरामी जाँच्दै गरेका नक्कली डाक्टर पक्राउ

विराटनगर । प्रहरीले मादक पदार्थ सेवन गरी बिरामी जाँदै गरेका एक नक्कली डाक्टरलाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा विराटनगर महानगरपालिका–६ सरौचियाका ३८ वर्षीय अमृत बानियाँ रहेका छन्।

उनलाई विराटनगरस्थित कोसी अस्पतालबाट सोमबार राति बिरामी जाँचिरहेको अवस्थामा नियन्त्रणमा लिइएको हो। मोरङ प्रहरीका अनुसार मादक पदार्थ सेवन गरेका बानियाँ सोमबार राति १२ बजेतिर अस्तपतालको गाइनो वार्डमा गएका थिए। उनले आफू डाक्टर भएको भन्दै बिरामीलाई चेकजाँच गर्न लागेका थिए।

बाँनियाले गाइनो वार्डमा गएर ३ जना बिरामीलाई जाँचेका थिए। तर उनको व्यवहार असान्य भएपछि बिरामीका आफन्तले हल्ला गरेका थिए। अस्पतालका नर्सहरुले पनि नियमित डाक्टर नभएको पाएपछि प्रहरीलाई खबर गरेका थिए। बिरामीको स्वास्थ्य परीक्षण गर्दा ग्लोब्ससमेत नलगाई उपचार गर्न खोजेपछि नक्कली डाक्टर भएको आशंका गरिएको थियो।

अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डाक्टर चुमनलाल दासका अनुसार मध्य राति मदिरा सेवन गरेर बिरामी जाँच्न थालेपछि नर्सहरुले प्रहरीलाई खबर गरेपछि बानियाँ पक्राउ परेका हुन्। पक्राउ परेका बानियाँको आफन्त कोभिड वार्डमा भर्ना रहेछन्।

बिरामी आफन्तलाई भेट्न नपाएपछि उनी मादक पदार्थ सेवन गरी अस्पतालमा प्रवेश गरेका थिए। पक्राउ परेका बानियाँविरुद्ध अभद्र व्यवहार कसुरमा जिल्ला प्रशासन कार्यालयबाट म्याद थप गरी घटनाको अनुसन्धान थालेको मोरङ प्रहरीले जानकारी दिएको छ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077