Jun 25 2026 | २०८३, आषाढ ११ गते

25 Jun 2026 | बिहिवार, आषाढ ११ गते २०८३

बिहिवार, आषाढ ११ गते २०८३
images
images

स्वास्थ्य शिविर सञ्चालन गरी ठगी, नक्कली ‘डाक्टर’ पक्राउ

डोटी । जिल्ला प्रहरी कार्यालय डोटीले नक्कली ‘डाक्टर’लाई पक्राउ गरेको छ । डोटीको राजपुरमा स्वास्थ्य शिविर सञ्चालन गरी ठगी गरेको आरोपमा प्रहरीले एक नक्कली ‘डाक्टर’सहित दुईजनालाई पक्राउ गरेको हो ।

प्रहरीका अनुसार, नक्कली ‘डाक्टर’ महाकाली नगरपालिका–४, दाका ४४ वर्षीय भूपेन्द्रबहादुर क्षेत्री र उनका सहयोगी भीमदत्त नगरपालिका–१८ का ४६ वर्षीय पुष्कर गुनीयाललाई पक्राउ गरिएको हो ।

उनीहरूका कागजपत्र हेर्दा शंका लागेपछि नेपाल मेडिकल काउन्सिल काठमाडौंमा पठाउँदा डाक्टर भनिएका क्षेत्रीको प्रमाणपत्र दर्ता नभएको पाइएकाले बुधबार दुवैजनाविरुद्ध इजलाजसम्बन्धी कसुरमा मुद्दा दर्ता गरिएको छ ।

प्रहरी नायब उपरीक्षक भीमलाल भट्टराईले दुवैजनाविरुद्ध मुद्दा दर्ता गरी जिल्ला अदालत डोटीबाट पाँच दिनको म्याद थप भई अनुसन्धान भइरहेको जानकारी दिए । दिपायल सिलगढी नगरपालिका–४ मा शिविर सञ्चालन गरेर ठगी गरेको उनीहरूमाथि आरोप छ । रासस

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077