Jun 18 2026 | २०८३, आषाढ ४ गते

18 Jun 2026 | बिहिवार, आषाढ ४ गते २०८३

बिहिवार, आषाढ ४ गते २०८३
images
images

राप्रपाको कार्यसम्पादन समिति बैठक बस्दै

राप्रपाको कार्यसम्पादन समिति बैठक बस्दै

बिहिवार , आषाढ ४, २०८३

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज बस्दै छ ।

बैठक आज दिउँसो साढे १२ बजे केन्द्रीय कार्यालय धुम्बाराहीमा बस्न लागेको हो ।

कार्यसम्पादन समितिको बैठकले असार ५ र ६ गते बोलाइएको केन्द्रीय कार्यसमितिको बैठकको एजेण्डा तय गर्नेछ ।

राप्रपाका प्रवक्ता मोहन श्रेष्ठका अनुसार यसपटकको केन्द्रीय कार्यसमितिको बैठक महाधिवेशन केन्द्रित हुनेछ । बैठकले महाधिवेशनको मिति समेत तोक्नेछ ।

केन्द्रीय कार्यसमिति बैठक धुम्बाराहीको सूर्य ब्यांकेटमा असार ५ गते बिहान ११ बजे बोलाइएको छ ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077