Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

राप्रपाका केन्द्रीय सदस्य रञ्जन कार्की पदमुक्त

राप्रपाका केन्द्रीय सदस्य रञ्जन कार्की पदमुक्त

शुक्रवार , बैशाख ११, २०८३

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनले केन्द्रीय सदस्य रञ्जन कार्कीलाई पार्टीका सबै जिम्मेवारीबाट मुक्त गरेका छन्।

अध्यक्ष लिङ्देनले शुक्रबार कार्कीलाई केन्द्रीय सदस्यसहित पार्टीमा सम्हाल्दै आएका सम्पूर्ण जिम्मेवारीबाट हटाउने निर्णय गरेका हुन्।

प्रवक्ता एवं प्रचार विभाग प्रमुख मोहनकुमार श्रेष्ठका अनुसार रञ्जनले पार्टीको नीति र नेतृत्वका विरुद्ध सञ्चारमाध्यम तथा सामाजिक सञ्जालमा निरन्तर अफवाह फैलाएको र घृणित अभिव्यक्ति दिएकाले जिम्मेवारीबाट हटाइएको हो 

साथै, गत निर्वाचनमा मतदानको दिन समेत आफ्नो जिल्ला दोलखा नगएको, मतदान प्रक्रियामा सहभागी नभएको तर निर्वाचनको विषयमा भने बारम्बार ‘दुषित’ टिप्पणी गर्ने गरेको आरोप कार्कीमाथि लगाइएको छ। 

निर्णयसँगै उनले कार्कीले हालसम्म पार्टीको जिम्मेवारीमा रहेर गरेको योगदानप्रति धन्यवादसमेत व्यक्त गरेका छन्।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077