काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले पार्टीको मुख्य सचिव पदमा प्रा. डा. जयन्तनाथ खनाललाई मनोनयन गरेको छ।
पार्टी अध्यक्ष राजेन्द्र लिङ्देनले पार्टी विधानअनुसार खनाललाई मुख्य सचिव पदमा नियुक्त गरेको पार्टी प्रवक्ता तथा प्रचार विभाग प्रमुख मोहनकुमार श्रेष्ठले जानकारी दिए।
नवनियुक्त मुख्य सचिव खनाल यसअघि पार्टीको केन्द्रीय कार्यसमिति सदस्य तथा पार्टी निकट प्राज्ञिक परिषद्का अध्यक्षको जिम्मेवारीमा रहेका थिए।
शैक्षिक क्षेत्रमा लामो समय योगदान दिएका खनाल त्रिभुवन विश्वविद्यालयमा लामो अवधिसम्म अध्यापन तथा प्रशासनिक कार्यमा संलग्न रहेको पनि जनाइएको छ।
'राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले पार्टीको विधान बमोजिम प्रा.डा. जयन्तनाथ खनाललाई पार्टीको मुख्य सचिव पदमा मनोनयन गर्नुभएको छ । खनाल लामो समय त्रिभुवन विश्वविद्यालयमा कार्यरत हुनुहुन्थ्यो। उहाँ हाल पार्टीको केन्द्रीय कार्यसमितिको सदस्य एवं पार्टी सम्बद्ध प्राज्ञिक परिषदको अध्यक्ष समेत हुनुहुन्छ,' प्रवक्ता श्रेष्ठद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।