Jul 22 2026 | २०८३, श्रावण ६ गते

22 Jul 2026 | बुधवार, श्रावण ६ गते २०८३

बुधवार, श्रावण ६ गते २०८३
images
images

पार्टी नेताहरुलाई धमाधम कारबाही गर्दै राप्रपा, दुई नेतृ निलम्बित

पार्टी नेताहरुलाई धमाधम कारबाही गर्दै राप्रपा, दुई नेतृ निलम्बित

शुक्रवार , बैशाख ११, २०८३

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले दुई नेत्रीलाई निलम्बन गरेको छ। 

पार्टीका केन्द्रीय सदस्य नानीमैयाँ आचार्य (नुवाकोट) र राष्ट्रिय प्रजातान्त्रिक महिला सङ्गठनकी सचिव चम्पा अधिकारी (चाहना अधिकारी, काठमाडौं) लाई निलम्बन गरिएको हो।

पार्टी अध्यक्ष राजेन्द्र लिङ्देनले शुक्रबार पार्टी विधानको धारा ३२(ङ) बमोजिम उनीहरूलाई निलम्बन गर्ने निर्णय गरेका हुन् ।

पार्टीको निर्णय र हित विपरीत अनुशासन उल्लङ्घन गरेकाले केन्द्रीय अनुशासन समितिको सिफारिस अनुसार निलम्बन गरिएको प्रवक्ता मोहन कुमार श्रेष्ठले बताए । 

राप्रपाले समानुपातिक उम्मेदवारको बन्द सूची सार्वजनिक गरेपछि केही महिला नेतृहरूले असन्तुष्टि जनाएका थिए। त्यसक्रममा पार्टी नेतृत्वलाई ज्ञापन पत्र बुझाउने प्रयास हुँदा केन्द्रीय कार्यालयमा विवाद उत्पन्न भएको थियो।

उक्त घटनापछि नानीमैया आचार्य अनिश्चित कालीन अनशनमा बसेकी थिइन्। सोही प्रकरणको छानबिनपछि अनुशासन समितिले कारबाही सिफारिस गरेको पार्टीले हो ।

गत निर्वाचनमा मतदानको दिन समेत आफ्नो जिल्ला दोलखा नगएको, मतदान प्रक्रियामा सहभागी नभएको तर निर्वाचनको विषयमा भने बारम्बार ‘दुषित’ टिप्पणी गर्ने गरेको आरोप आजै केन्द्रीय सदस्य रञ्जन कार्की पनि पदमुक्त भएका थिए।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077