काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले कुवेतको सार्वभौमिकता र भौगोलिक अखण्डतामाथि भएका आक्रमणप्रति निन्दा गरेका छन् ।
बुधबार कुवेतका युवराज शेख सबाह अल-खालिद अल-हमाद अल-मुबारक अल-सबाहसँग भएको टेलिफोन वार्तामा उनले यस्तो धारणा व्यक्त गरेका हुन् ।
वार्ताका क्रममा दुवैले पश्चिम एसियामा विकसित हुँदै गएको अवस्थाबारे विचार आदानप्रदान गर्दै पछिल्ला घटनाक्रमप्रति चिन्ता व्यक्त गरेका थिए ।
साथै, आउँदै गरेको ईद पर्वको अवसरमा मोदीले शुभकामना व्यक्त गरेका सामाजिक सञ्जालमार्फत् जानकारी दिएका छन् ।
मोदीले कुवेतमाथि भएका आक्रमणको भारतको तर्फबाट पुनः निन्दा दोहोर्याउँदै होर्मुज जलडमरु मार्गमार्फत सुरक्षित र निर्वाध आवागमन सुनिश्चित गर्नु प्रमुख प्राथमिकता रहेको बताएका थिए ।