काठमाडौं । आज २०८३ असार ७ गते आइतबारको राशिफल ।
मेष
मनपरेको काम गर्न समय मिल्नेछ। परिवारका सदस्यसँग रमाइलो समय बित्नेछ। धेरै दिनदेखि सोचिरहेको एउटा काम सुरु गर्ने जाँगर आउनेछ। दिन हल्का र रमाइलो रहनेछ। आजको शुभ रंग गुलाबी हो भने शुभ अंक ७ रहेको छ।
मिथुन
कसैसँग भएको कुराकानीबाट राम्रो जानकारी पाउन सकिनेछ। नयाँ ठाउँ जानुपर्ने अवस्था पनि आउन सक्छ। सानो भेटघाटले पनि फाइदा दिनेछ। दिन व्यस्त भए पनि राम्रो रहनेछ। आजको शुभ रंग सेतो हो भने शुभ अंक ९ रहेको छ।
सिंह
सोचअनुसार काम गर्ने मौका मिल्नेछ। रोकिएका काम फेरि अघि बढ्नेछन्। अरूले पनि तपाईंको कामको प्रशंसा गर्नेछन्। कार्यक्षेत्रमा उत्साहका साथ अगाडि बढ्न सकिनेछ। आजको शुभ रंग निलो हो भने शुभ अंक १ रहेको छ।
तुला
साथीभाइसँग भेट हुने सम्भावना छ। पुरानो चिनजानबाट राम्रो खबर आउन सक्छ। मिलेर गरेको कामले राम्रो नतिजा दिनेछ। व्यापार व्यवसायलाई लिएर सकारात्मक नयाँ आशा जाग्नेछ। आजको शुभ रंग कलेजी हो भने शुभ अंक ३ रहेको छ।
धनु
नयाँ कुरा सिक्ने मन हुनेछ। पुस्तक, यात्रा वा अनुभवी व्यक्तिबाट राम्रो ज्ञान प्राप्त हुन सक्छ। सिकेका कुरा पछि काम लाग्नेछन्। प्रेम सम्बन्ध सुमधुर रहनेछ। आजको शुभ रंग हरियो हो भने शुभ अंक ५ रहेको छ।
कुम्भ
आफ्ना मानिससँगको सम्बन्ध अझ राम्रो बन्नेछ। मनका कुरा खुलेर भन्न सकिनेछ। एकअर्कालाई बुझ्दा सम्बन्धमा मिठास बढ्नेछ। पारिवारिक समय खुसीका साथ बित्नेछ। आजको शुभ रंग हल्का निलो हो भने शुभ अंक ७ रहेको छ।
बृष
घरको काममा अलि बढी समय दिनुपर्ने हुन सक्छ। पुरानो काम पूरा गर्दा मन ढुक्क हुनेछ। आफ्ना मानिसको साथले काम अझ सजिलो बन्नेछ। दिन शान्त रूपमा बित्नेछ। आजको शुभ रंग हरियो हो भने शुभ अंक ५ रहेको छ।
कर्कट
आम्दानी र खर्च मिलाएर चल्दा फाइदा हुनेछ। मेहनतको राम्रो फल पाउन धेरै समय कुर्नु पर्दैन। अनावश्यक काममा समय नदिनु राम्रो हुनेछ। यात्रा गर्दा आफ्नो सामानको जिम्मेवारी स्वयं गरौं। आजको शुभ रंग सुनौलो हो भने शुभ अंक ४ रहेको छ।
कन्या
हरेक कुरामा बोलिरहनु आवश्यक छैन। शान्त भएर हेर्दा धेरै कुरा आफैं मिल्दै जानेछन्। मनलाई अनावश्यक चिन्ताबाट टाढा राख्नु राम्रो हुनेछ। दिन सहज रूपमा बित्नेछ। आजको शुभ रंग गुलाबी हो भने शुभ अंक ८ रहेको छ।
बृश्चिक
काममा तपाईंको मेहनत देखिनेछ। जिम्मेवारी राम्रोसँग पूरा गर्न सकिनेछ। अनुभवी व्यक्तिबाट राम्रो सल्लाह पनि मिल्न सक्छ। दिन सन्तोषजनक रहनेछ। आजको शुभ रंग केशरी हो भने शुभ अंक ६ रहेको छ।
मकर
कुनै महत्त्वपूर्ण निर्णयमा हतार नगर्नुहोस्। सबै कुरा राम्रोसँग बुझेर मात्र अगाडि बढ्नु ठीक हुनेछ। धैर्य राख्दा पछि फाइदा हुनेछ। मन स्थिर रहनेछ। आजको शुभ रंग बैजनी हो भने शुभ अंक ९ रहेको छ।
मीन
कामको गति बढ्नेछ। बीचमा सानो अवरोध आए पनि आफ्नै प्रयासले त्यसलाई पार गर्न सकिनेछ। अरूको भर पर्नुभन्दा आफैं अघि बढ्दा राम्रो हुनेछ। बेलुकातिर मन खुसी बनाउने कुरा सुन्न पाइनेछ। आजको शुभ रंग इट्टा रातो हो भने शुभ अंक २ रहेको छ।