Jun 21 2026 | २०८३, आषाढ ७ गते

21 Jun 2026 | आइतवार, आषाढ ७ गते २०८३

आइतवार, आषाढ ७ गते २०८३
images
images

अमेरिका र इरान वार्ताका लागि प्रधानमन्त्री शहबाज र सेनाप्रमुख मुनिर स्विट्जरल्यान्ड प्रस्थान

अमेरिका र इरान वार्ताका लागि प्रधानमन्त्री शहबाज र सेनाप्रमुख मुनिर स्विट्जरल्यान्ड प्रस्थान

आइतवार , आषाढ ७, २०८३

एजेन्सी । पाकिस्तानका प्रधानमन्त्री शहबाज शरीफ र सेना प्रमुख सैयद असिम मुनिर कूटनीतिक पहललाई अघि बढाउने उद्देश्यसहित स्विट्जरल्यान्ड प्रस्थान गरेका छन् ।

प्रधानमन्त्री कार्यालयले आइतबार जारी गरेको विज्ञप्तिअनुसार उनीहरू अमेरिका र इरानबीच भइरहेको संवेदनशील कूटनीतिक वार्तास्थलतर्फ गएका हुन्। स्विट्जरल्यान्डमा दुवै देशबीच उच्चस्तरीय छलफल जारी रहेको बताइएको छ।

युद्धविराम घोषणा भएपछि पाकिस्तानले अमेरिका–इरान वार्तामा मध्यस्थकर्ताको भूमिका निर्वाह गर्दै आएको छ। पाकिस्तानको परराष्ट्र मन्त्रालयले एक विज्ञप्ति जारी गर्दै इस्लामिक गणतन्त्र इरान र संयुक्त राज्य अमेरिकाबीच भएका समझदारी कार्यान्वयनलाई अगाडि बढाउन निरन्तर सहयोग गर्ने प्रतिबद्धता दोहोर्‍याएको छ।

वार्तामा अमेरिकी उपराष्ट्रपति जेडी भान्स, पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पका ज्वाइँ जारेड कुश्नर तथा मध्यपूर्वका लागि अमेरिकी विशेष दूत स्टिभ विटकफ सहभागी हुने कार्यक्रम रहेको बताइएको छ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077