Jun 23 2026 | २०८३, आषाढ ९ गते

23 Jun 2026 | मंगलवार, आषाढ ९ गते २०८३

मंगलवार, आषाढ ९ गते २०८३
images
images

प्रभु बैंकका तत्कालीन सीइओ अशोक शेरचनसहित १५ जनाविरुद्ध मुद्दा दर्ता, यस्तो छ अभियोगपत्र

प्रभु बैंकका तत्कालीन सीइओ अशोक शेरचनसहित १५ जनाविरुद्ध मुद्दा दर्ता, यस्तो छ अभियोगपत्र

मंगलवार , आषाढ ९, २०८३

काठमाडौं । प्रभु बैंक लिमिटेडका सीइओ अशोक शेरचनसहित १५ जनाविरुद्ध उच्च अदालतमा  मुद्दा दायर भएको छ ।

शेल कम्पनी र कृत्रिम व्यवसाय खडा गरी ५९ करोड ७७ लाख रुपैयाँ कर्जा दुरुपयोग गरेको कसुरमा सीइओ शेरचनसहित १२ जनाविरुद्ध विशेष सरकारी वकिल कार्यालय काठमाडौंले उच्च अदालतमा मुद्दा दायर गरेको हो । 

यी प्रतिवादीलाई फरक-फरक विगो दाबी गर्दै सजायको मागसहित विशेष सरकारी वकिलको कार्यालयले उच्च अदालतमा मुद्दा दायर गरेको हो । प्रत्येक प्रतिवादीलाई ११ देखि ४१ करोड रुपैयाँसम्म विगो दाबी गरिएको छ ।

शेरचनसँगै मुद्दा चलाइनेमा राम जानकी हेल्थ फाउन्डेसनका अध्यक्ष ओमप्रसाद पाण्डे पनि छन् । उनलाई १६ करोड रुपैयाँ विगो दाबी गरिएको छ ।

यस्तै, राम जानकी हेल्थ फाउन्डेसन सञ्चालक समिति सदस्य देव ढुंगानालाई पनि प्रतिवादी कायम गरिएको छ । बैंकिङ कसुरमा सजाय मागदाबी गरिएका अन्य प्रतिवादीहरूमा बैंकका तत्कालिन नायव प्रमुख कार्यकारी अधिकृत मणिराम पोखरेल, सहायक महाप्रवन्धक ऋवश श्रेष्ठ, चिफ विजनेश अफिसर रश्मी पन्त, राम जानकी हेल्थ फाउण्डेसनका पूर्वसञ्चालक हरिमान लामा, फाउण्डेसनका पूर्वसञ्चालक समिति अध्यक्ष धनबहादुर शेरचन, फाउण्डेसका चार पूर्वसञ्चालक महावीर तामाङ, देवान राई, सुरेशकुमार तिवारी र हरिकृष्ण भट्टचन छन् ।

उनीहरू सबैलाई कुल ५९ करोड ७७ लाख ६ हजार ९ रुपैयाँ ६५ पैसा विगो भराई सजायको मागदाबी छ । प्रभु बैंक लिमिटेडबाट लिइएको कर्जा जुन प्रयोजनका लागि लिइएको हो सो कार्यमा नलगाई अन्यत्रै प्रयोग गरी कर्जाको दुरुपयोग गरेको दाबी अभियोगपत्रमा छ ।

उनीहरूले बैंकिङ कसुर तथा सजाय ऐन, २०६४ अन्तर्गतको कसुर गरेको बताइएको छ । पाण्डेलाई सीआईबीको टोलीले पक्राउ गरी हिरासतमा राखेर अनुसन्धान गरेको थियो । 

त्यसैगरी सिग्मा आर्किटेक्चर एण्ड इन्जिनियरिङ कन्सलटेन्टमा कार्यरत मूल्यांकनकर्ता देव ढुंगानाविरुद्ध मुद्दा दायर गरिएको छ । 

त्यसैगरी प्रभु बैंकका तत्कालिन सञ्चालक र प्रभु मनि ट्रान्सफरका सञ्चालक देविप्रकाश भट्टचन तथा सुजिन शाक्यसहित चार जनाविरुद्ध मुद्दा अर्को मुद्दा दायर गरिएको छ । 

केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले उनीहरुमाथिको अनुसन्धान सकेर राय सहितको अभियोगपत्र विशेष सरकारी वकिल कार्यालय काठमाडौंमा बुझाएको थियो ।

यस्तो छ अभियोगपत्रको पूर्णपाठ

यस्तो छ देविप्रकाश भट्टचनसहित चारजनाविरुद्ध दर्ता भएको मुद्दाको अभियोगपत्र

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077