Jul 21 2026 | २०८३, श्रावण ५ गते

21 Jul 2026 | मंगलवार, श्रावण ५ गते २०८३

मंगलवार, श्रावण ५ गते २०८३
images
images

ठगी आरोपमा एमालेका पूर्वसांसद भट्टचन पक्राउ

ठगी आरोपमा एमालेका पूर्वसांसद भट्टचन पक्राउ

मंगलवार , कार्तिक ११, २०८२

काठमाडौं । नेकपा एमालेका पूर्वसांसद तथा व्यवसायी देवीप्रसाद भट्टचनलाई ठगी आरोपमा केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी) ले पक्राउ गरेको छ ।

सिआइबीका अनुसार प्रभु ग्रुपसँग सम्बन्धित आर्थिक हिनामिनाको मुद्दामा मंगलबार उनलाई काठमाडौंस्थित निवासबाटै पक्राउ गरिएको हो ।

प्रभु रेमिटेन्स र प्रभु सहकारीका नाममा संकलित रकम समूहकै नेतृत्व तहबाट हिनामिना गरिएको उजुरी परेपछि अनुसन्धानका लागि भट्टचनलाई नियन्त्रणमा लिइएको बताइएको छ ।

भट्टचनमाथि प्रभु ग्रुपमार्फत संकलित करोडौं रुपैयाँ अनियमित रुपमा प्रयोग गरिएको आरोप छ । उक्त उजुरी प्रभु समूहकी पूर्व सञ्चालक कुसुम लामाले दर्ता गरेकी थिइन् ।

लामाले समूहका अध्यक्षसमेत रहेका भट्टचनले संस्थाको रकम निजी स्वार्थका लागि प्रयोग गरेको भन्दै कानुनी कारबाहीको माग गरेकी थिइन्। प्रभु म्यानेजमेन्टले देशभर चार सय सहकारीलाई एजेन्ट बनाउँदा धरौटी रकम लिएको थियो ।

तर , रेमिट्यान्सबापत सहकारीले भुक्तानी गरेको यो कम्पनीले सहकारीहरूको रकम फिर्ता नदिएको सीआईबीको अनुसन्धानबाट खुलेको छ।

प्रभु म्यानेजमेन्ट प्रालिले कम्तीमा पनि १६ वटा सहकारी संस्थाको रकम हिनामिना गरेको आरोपमा छानबिन भएको थियो। प्रभु म्यानेजमेन्टका तत्कालिन अध्यक्ष देवीप्रसाद भट्टचनले रकम हिनामिना गरेका थिए।

यसअघि पनि भट्टचनविरुद्ध सोही प्रकरणमा उजुरी परे पनि राजनीतिक प्रभावका कारण अनुसन्धान अघि नबढेको बताइएको थियो।

तर, हाल सिआइबीले दावी तथा प्रमाणका आधारमा विस्तृत अनुसन्धान सुरु गरेको छ । भट्टचनलाई काठमाडौंमा पक्राउ गरी प्रारम्भिक बयान लिएर थप अनुसन्धानका लागि हिरासतमा राखिएको छ ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077