Jun 24 2026 | २०८३, आषाढ १० गते

24 Jun 2026 | बुधवार, आषाढ १० गते २०८३

बुधवार, आषाढ १० गते २०८३
images
images

बाँदर नियन्त्रण गर्न ‘मेरो रुख म काट्छु’ अभियान !

कास्की । पोखरा महानगरपालिका वडा नम्बर १९ वडा कार्यालयले बाँदर नियन्त्रणका लागि रुख काट्न आग्रह गरेको छ।

वडा कार्यालयले सोमबार सूचना जारी गर्दै लामाचौर पुरुन्चौर क्षेत्र बाँदरबाट अति प्रभावित क्षेत्र भएको भन्दै नियन्त्रणका लागि १० दिनभित्र आफ्नो घर वरपरका रुखहरू कटान गर्न आग्रह गरेको हो ।

‘प्रदेश सरकारले नीति तथा कार्यक्रममा समेत बाँदर नियन्त्रण सम्बन्धी नीति पास गरेको हुँदा १० दिनभित्र मेरो रुख म काट्छु’ अभियान सञ्चालन गरी आफ्नो घर वरपर रहेका सम्पूर्ण रुखहरू कटान गरी प्रदेश सरकारको नीति तथा कार्यक्रमलाई सहयोग पुर्‍याउनको लागि यो सूचना प्रकाशित गरिन्छ,’ सूचनामा भनिएको छ।

वन जंगल र रुख विरुवाको संरक्षण गर्नुपर्नेमा वडाध्यक्षले नै रुख काट्न उर्दी गरेको भनेर सामाजिक सञ्जालमा टिप्पणी भइरहेका छन्।

हेर्नुस सूचना :

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077