Jul 15 2026 | २०८३, आषाढ ३१ गते

15 Jul 2026 | बुधवार, आषाढ ३१ गते २०८३

बुधवार, आषाढ ३१ गते २०८३
images
images

मन्त्रीको गाडीमा ढुङ्गा हानेको भन्दै ५ जना बन्दकर्ता पक्राउ

धनगढी । गेटा मेडिकल कलेजलाई शहीद दशरथ चन्द राष्ट्रिय स्वास्थ्य विज्ञान विश्वविद्यालय बनाउने निर्णय कार्यान्वयनको माग गर्दै आज सुदूरपश्चिम प्रदेशमा आमहड्ताल गरिएको छ ।

शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय स्थापनार्थ गठित सङ्घर्ष समितिले आमहड्तालको घोषणा गरेको हो ।

आमहड्ताल बिहान ८ देखि साँझ ६ बजेसम्म रहने जनाइएको छ । धनगढीमा बजार बन्द गराउँदै हिँडेका ५ जना बन्धकर्तालाई प्रहरीले पक्राउ गरेको छ ।

मन्त्री सवार गाडीमा ढुङ्गा हानेको भन्दै ५ जना बन्दकर्तालाई प्रदेश सभा भवन बाहिरबाट पक्राउ गरिएको कैलाली प्रहरीले जनाएको छ ।

प्रदेश सरकारका आर्थिक मामिला मन्त्री नरेश कुमार शाहीको गाडीमा प्रहार भएको भन्दै पक्राउ गरिएको हो । शैक्षिक संस्था, बजार व्यवसाय पनि सञ्चालन हुन सकेका छैनन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077