Jul 15 2026 | २०८३, आषाढ ३१ गते

15 Jul 2026 | बुधवार, आषाढ ३१ गते २०८३

बुधवार, आषाढ ३१ गते २०८३
images
images

बजेट विवाद चर्किँदा सुदूरपश्चिमका मुख्यमन्त्री शाहले गरे एमालेका चार मन्त्री बर्खास्त

बजेट विवाद चर्किँदा सुदूरपश्चिमका मुख्यमन्त्री शाहले गरे एमालेका चार मन्त्री बर्खास्त

बुधवार , आषाढ ३१, २०८३

धनगढी। सुदूरपश्चिमका मुख्यमन्त्री कमलबहादुर शाहले एमालेका तीन मन्त्री र एक राज्यमन्त्रीलाई बर्खास्त गरेका छन्।

मुख्यमन्त्रीका प्रेस तथा जनसम्पर्क सल्लाहकार डम्बरबहादुर बमका अनुसार बर्खास्त हुनेमा भौतिक पूर्वाधार विकासमन्त्री सुरेन्द्र पाल, भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री वीरबहादुर थापा, आन्तरिक मामिला तथा कानुनमन्त्री हिरा सार्की तथा भौतिक पूर्वाधार राज्यमन्त्री निर्मला साउद रहेका छन्।

नेपाली कांग्रेस नेतृत्वको प्रदेश सरकारलाई एमालेले समर्थन गर्दै आएको छ।

सत्ता साझेदार दल कांग्रेस र एमालेबीच आर्थिक वर्ष २०८३/८४ को बजेटको विषयमा विवाद थियो । एमालेले खर्च कटौतिको समेत प्रस्ताव राखेको थियो । बजेटमाथि एमालेका ६ सांसदले मन्त्रालयगत खर्च कटौतीको प्रस्ताव समेत दर्ता गरेका थिए।

मुख्यमन्त्री शाहले खर्च कटौतिको प्रस्ताव फिर्ता लिन आग्रह गरे पनि असार १ गते प्रस्तुत गरेको बजेटप्रति एमाले असन्तुष्ट रहँदै आएको थियो।

असार मसान्तभित्र बजेट पारित गरिसक्नुपर्नेमा सत्ता साझेदारसँगको खटपटले मुख्यमन्त्री शाह अप्ठ्यारोमा परेका थिए ।

मुख्यमन्त्री शाहले विवाद समाधानका लागि छलफल गरे पनि सहमति जुट्न नसकेपछि एमालेका मन्त्रीहरूलाई बर्खास्त गरिएको हो।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077