Jul 15 2026 | २०८३, आषाढ ३१ गते

15 Jul 2026 | बुधवार, आषाढ ३१ गते २०८३

बुधवार, आषाढ ३१ गते २०८३
images
images

बुधबारदेखि अस्पताल सञ्चालन गर्दै गेटा मेडिकल कलेज

कैलाली । कैलालीको गेटा मेडिकल कलेजले बुधबारदेखि अस्पताल सञ्चालनमा ल्याउने भएको छ ।

मेडिकल कलेज सञ्चालनका लागि निर्माण गरिएका संरचनामा न्यूनतम स्वास्थ्य सेवासहितको अस्पताल सञ्चालनमा ल्याउन लागिएको हो ।

गेटा मेडिकल कलेज अस्पतालका निर्देशक डाक्टर प्रमोद जोशीले बुधबारदेखि आधारभूत स्वास्थ्य सेवासहितको अस्पताल सञ्चालन गरिने जानकारी दिए ।

सरकारले गेटामा एक सय शैयाको अस्पताल सञ्चालनका लागि स्वीकृती दिएको भएपनि तत्काललाई आधारभूत सेवासहितको अस्पताल सञ्चालन गर्न लागिएको निर्देशक जोशीले बताए ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077