Jun 25 2026 | २०८३, आषाढ ११ गते

25 Jun 2026 | बिहिवार, आषाढ ११ गते २०८३

बिहिवार, आषाढ ११ गते २०८३
images
images

कक्षा १२ को नतिजाप्रति असन्तुष्टि जनाउँदै माइतीघरमा प्रदर्शन

कक्षा १२ को नतिजाप्रति असन्तुष्टि जनाउँदै माइतीघरमा प्रदर्शन

बिहिवार , आषाढ ११, २०८३

काठमाडौं । कक्षा १२ को नतिजाप्रति असन्तुष्टि जनाउँदै विद्यार्थीहरूले विरोध प्रदर्शन गरेका छन् ।

नतिजा प्रकाशन र मूल्यांकन प्रक्रियामा त्रुटि भएको, पुनर्मूल्यांकन तथा रिटोटलिङको प्रभावकारी व्यवस्था नभएको भन्दै विद्यार्थीहरूले बिहीबार काठमाडौंको माइतीघरमा विरोध प्रदर्शन गरेका हुन् ।

नतिजाबाट असन्तुष्ट विद्यार्थीहरूले आफूले गरेको मिहिनेत अनुसारको अङ्क नआएको र उत्तर पुस्तिका परीक्षणमा लापरबाही भएको उनीहरुको आरोप छ । 

गत वैशाखमा सञ्चालित कक्षा १२ को परीक्षामा १ लाख ४ हजार ७ सय ११ जना विद्यार्थी अनुत्तीर्ण भएका छन् ।

राष्ट्रिय परीक्षा बोर्डका अनुसार ३८ जना परीक्षार्थीको परीक्षा रद्द गरिएको छ भने दुई जनालाई एक वर्षसम्म बोर्डका कुनै पनि परीक्षामा सहभागी हुन नपाउने गरी कारबाही गरिएको छ ।

1.jpg

प्रदर्शनको नेतृत्व रञ्जित कार्की, साहिल रिजाल, दिवस श्रेष्ठ, स्मृति खतिवडा, अंशु पन्त र  साहेब साह लगायतका विद्यार्थीहरूले गरेका थिए ।

प्रदर्शनमा सहभागीहरूले १२ वर्षको मेहनत खेर जिम्मेवार को ? जवाफ दे, हाम्रो भविष्य बर्बाद भयो, हामी न्याय खोज्न कहाँ जाँउ ? लगाएत लेखिएका प्लेकार्ड प्रदर्शन गरेका थिए ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077