Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

नेपाल प्रहरीका ३३ एसएसपीहरुको सरुवा , काठमाडौंमा घिमिरे [सूचीसहित]

नेपाल प्रहरीका ३३ एसएसपीहरुको सरुवा , काठमाडौंमा घिमिरे [सूचीसहित]

सोमवार , जेठ १८, २०८३

काठमाडौं । नेपाल प्रहरीका ३३ जना प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) को सरुवा भएको छ ।

प्रधानमन्त्री एवम् गृह मन्त्रीस्तरको सोमबारको निर्णयानुसार उनीहरुको सरुवा र काज गरिएको हो । सरुवा हुनेमा अजय केसी, अनुपम शमशेर जबरा, कमल थापा, कृष्ण प्रसाद कोइराला लगायतका रहेका छन् ।

एसएसपी दिलिप घिमिरेको जिल्ला प्रहरी परिसर काठमाडौं सरुवा भएको छ । घिमिरे प्रहरी प्रधान कार्यालय स्थित मानवश्रोत विकास विभागमा कार्यरत थिए।

काठमाडौँका एसएसपी रमेश थापालाई प्रहरी प्रधान कार्यालय स्थित अन्वेषण योजना तथा विकाश निर्देशनालयमा सरुवा गरिएको छ ।

यस्तै जिल्ला प्रहरी परिसर ललितपुरमा तुल बहादुर कार्कीको सरुवा गरिएको छ । ललितपुरमा कार्यरत होबिन्द्र बोगटीको प्रधान कार्यालय स्थित राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन महाशाखामा सरुवा भएको छ ।

May be an image of blueprint and text

1

2

3

4

5

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077