Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

ट्रकको ठक्करबाट घाइते भएका ट्राफिक प्रहरी निरीक्षक लामाको निधन

ट्रकको ठक्करबाट घाइते भएका ट्राफिक प्रहरी निरीक्षक लामाको निधन

मंगलवार , बैशाख १, २०८३

काठमाडौं । ट्रकको ठक्करबाट घाइते भएका प्रहरी निरीक्षक अभय लामाको निधन भएको छ । 

आइतबार राति तारकेश्वर नगरपालिका–८ डाँडागाउँस्थित सडकमा ३२ वर्षीय लामा सवार बाप्र०२–०२९ प ९४१५ नम्बरको मोटरसाइकललाई बाप्र ०३–००१ ख १७१५ नम्बरको ट्रकले ठक्कर दिएको थियो । 

 ट्रकको ठक्करबाछ घाइते भएका लामालाई  उद्धार गरी उपचारका लागि त्रिवि शिक्षण अस्पताल लगिएकोमा त्यहाँबाट थप उपचारका लागि बीएण्डबी अस्पताल रिफर गरिएको थियो । 

उपचारका क्रममा लामाको ललितपुरको ग्वार्कोस्थित बीएन्डबी अस्पतालमा आज निधन भएको हो । 

रामेछाप घर भएका हाल तारकेश्वर–७ स्थित फुटुङ बस्दै आएका प्रहरी निरीक्षक लामा त्यो दिन नेपालटारबाट फुटुङतर्फ जाँदै  थिए ।

उपत्यका ट्राफिक प्रहरी कार्यालयका एसपी नरेशराज सुवेदीका अनुसार
लामा काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयको मानव स्रोत व्यवस्थापन शाखामा कार्यरत थिए । 

२०७२ सालमा प्रहरी जवानमा भर्ना भएका लामाले खुला प्रतिस्पर्धाद्वारा प्रहरी सहायक निरीक्षक र पछि फेरि खुला प्रतिस्पर्धाबाटै प्रहरी निरीक्षकमा नाम निकालेका थिए ।

यस्तै प्रहरी निरीक्षक लामालाई ठक्कर दिने ट्रक चालक मकवानपुरको मनहरी–५ का ३८ वर्षीय राम मोक्तानलाई प्रहरीले नियन्त्रणमा लिइसकेको छ ।

 

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077