Jul 21 2026 | २०८३, श्रावण ५ गते

21 Jul 2026 | मंगलवार, श्रावण ५ गते २०८३

मंगलवार, श्रावण ५ गते २०८३
images
images

सिंहदरबारमै नियमविपरीत पार्किङ गरिएपछि ट्राफिक प्रहरी एक्सनमा, लगायो ह्विल लक

सिंहदरबारमै नियमविपरीत पार्किङ गरिएपछि ट्राफिक प्रहरी एक्सनमा, लगायो ह्विल लक

मंगलवार , आषाढ २३, २०८३

काठमाडौं । सिंहदरबार परिसरमा नियमविपरीत अव्यवस्थित पार्किङ गरिएका सवारीसाधनमाथि ट्राफिक प्रहरीले कारबाही गरेको छ। 

मंगलबार दिउँसोमात्रै सिंहदरबार परिसरमै ट्राफिक नियमको बेवास्ता गर्दैअव्यवस्थित पार्किङ हुने गरेको भन्ने विभिन्न समाचारहरु प्रकाशित भएका थिए ।

सिंहदरबारभित्र सडकको दुवैतर्फ तथा फुटपाथसमेत ओगटेर 'नो पार्किङ' लेखिएका स्थानमै  सवारी पार्क गरिएका थिए ।

यसरी सवारी पार्क गरिँदा पैदलयात्री, सेवाग्राही र कर्मचारीलाई आवतजावतमा समेत समस्या भएको भन्ने समाचार प्रकाशित भएपछि सम्बन्धित निकायको ध्यानाकर्षण भएको थियो।

त्यसपछि ट्राफिक प्रहरीले पुगेर नियमविपरीत पार्किङ गरिएका सवारी साधनहरूमा ह्विल लक लगाएको हो ।

साथै ट्राफिक नियमको पालना गर्न र पार्किङलाई व्यवस्थित बनाउन ट्राफिक प्रहरीले आग्रह गरेको छ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077