Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

भोलिदेखि दुर्घटना न्यूनीकरण अभियान तथा ट्राफिक सप्ताह हुने

भोलिदेखि दुर्घटना न्यूनीकरण अभियान तथा ट्राफिक सप्ताह हुने

शुक्रवार , पौष २५, २०८२

काठमाडौं । काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले यही पुस २६ गतेदेखि माघ ३ गतेसम्म सवारी दुर्घटना न्यूनीकरण विशेष अभियान तथा ट्राफिक सप्ताह–२०८२ सञ्चालन गर्दैछ ।

बिहीबार आयोजित पत्रकार सम्मेलनमा काठमाडौं उपत्यका ट्राफिक प्रहरी प्रवक्ता एवं प्रहरी उपरीक्षक नरेशराज सुवेदीले काठमाडौं उपत्यकामा बढ्दो सवारी दुर्घटनालाई न्यूनीकरण गर्ने उद्देश्यका उक्त अभियान सुरु गर्न लागिएको जानकारी दिएका हुन् ।

अभियानमा सवारी दुर्घटना न्यूनीकरणसम्बन्धी सचेतनामूलक, सामाजिक तथा व्यवहार परिवर्तनमुखी कार्यक्रमहरू सञ्चालन गरिने छ। प्रवक्ता सुवेदीले भने, ‘एक सातासम्म सवारी दुर्घटना न्यूनीकरणका लागि लक्षित ट्राफिक सचेतनामूलक कार्यक्रमहरू सञ्चालन गरिनेछन्।’

उनका अनुसार आज रक्तदान कार्यक्रम सञ्चालन गरिनेछ । साथै, ट्राफिक एफएममार्फत सरोकारवाला निकाय तथा सडक सुरक्षासम्बन्धी विज्ञ, व्यक्तित्वहरूसँग विशेष कार्यक्रम, अन्तर्वार्ता तथा अन्तरक्रिया सञ्चालन गरिनेछ।

यसैगरी सामाजिक सञ्जाल टिकटक, फेसबुक र एक्समार्फत ट्राफिक सप्ताहसम्बन्धी प्रचारप्रसार तथा सचेतनामूलक सामग्रीहरू प्रवाह गरिनेछ भने नेपाल टेलिकम, एनसेललगायत दूरसञ्चार सेवाप्रदायक कम्पनीहरूलाई ट्राफिक सचेतनासम्बन्धी धुन तथा सन्देशहरू सात दिनसम्म प्रसारण गर्न अभिप्रेरित गराइने जनाइएको छ।

काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रमुख एवं प्रहरी वरिष्ठ उपरीक्षक नवराज अधिकारीले ट्राफिक नियमको निष्पक्ष कार्यान्वयन, जनचेतना अभिवृद्धि तथा सवारी दुर्घटनाबाट हुने मानवीय, सामाजिक र आर्थिक क्षति न्यूनीकरण गर्ने उद्देश्यका साथ उक्त अभियान आयोजना गर्न लागिएको बताए।

अभियानअन्तर्गत काठमाडौं उपत्यकामा रहेका डिजिटल बोर्डमा प्रत्येक घण्टामा एक मिनेटको दुर्घटनासम्बन्धी जनचेतनामूलक वृत्तचित्र प्रदर्शन गर्न आवश्यक समन्वय गरिनेछ। साथै राष्ट्रिय कलाकार, गायक तथा गायिकाहरूलाई उपत्यकाका मुख्य चोकहरूमा ट्राफिक सचेतनामूलक पर्चा, पम्प्लेट वितरण गर्न आमन्त्रण गरिनेछ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077