Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

४७ प्रहरीलाई ट्राफिक नियन्त्रण तालिम

४७ प्रहरीलाई ट्राफिक नियन्त्रण तालिम

बुधवार , माघ ७, २०८२

काठमाडौं । काठमाडौंको रामशाहपथस्थित उपत्यका ट्राफिक प्रहरी कार्यालयले ४७ जना प्रहरीलाई ट्राफिक नियन्त्रण तालिम प्रदान गरेको छ ।

राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगन्जको तत्वावधानमा कार्यालयमा सञ्चालित ट्राफिक नियन्त्रण तालिम १५५औँ समूहअन्तर्गत उनीहरूलाई उक्त तालिम प्रदान गरिएको हो ।

उपत्यका ट्राफिक प्रहरी कार्यालयमा मङ्गलबार आयोजित तालिम समापन कार्यक्रममा प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक नवराज अधिकारीले प्रशिक्षार्थीलाई पुरस्कार तथा प्रमाणपत्र प्रदान गरे ।

त्यस अवसरमा प्रहरी वरिष्ठ उपरीक्षक अधिकारीले तालिमका दौरानमा हासिल गरेका ज्ञान, सीपलाई कार्यक्षेत्रमा इमान्दारिताका साथ कार्यान्वयन गर्दै प्राप्त जिम्मेवारीलाई त्रुटिरहित ढङ्गबाट निर्वाह गरी नागरिकलाई सहज र सुरक्षित ट्राफिक व्यवस्थापनको महसुस गराउनुपर्नेमा जोड दिए ।

तालिम संयोजक प्रहरी नायब उपरीक्षक शैलेश न्यौपानेले तालिमसम्बन्धी प्रतिवेदन प्रस्तुत गर्दै गत मङ्सिर ७ गतेदेखि सञ्चालित ४५ कार्यदिन अवधिको उक्त तालिममा प्रहरी सहायक हवल्दार तीन जना र प्रहरी जवान ४४ जना गरी ४७ जना प्रशिक्षार्थीले तालिम लिएका बताए ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077