Jun 26 2026 | २०८३, आषाढ १२ गते

26 Jun 2026 | शुक्रवार, आषाढ १२ गते २०८३

शुक्रवार, आषाढ १२ गते २०८३
images
images

डेढ वर्षीया नाबालिका बलात्कार प्रकरण: भिडियो खिच्ने पत्रकार र युट्युबरसहित ११ जना पक्राउ

विराटनगर । जिल्ला प्रहरी कार्यालय मोरङले जथाभावी भिडियो खिचेको आरोपमा एक पत्रकार, दुई युटुबरसहित ११ जनालाई पक्राउ गरेको छ।

मोरङ सुन्दर हरैंचा-७ की डेढ वर्षीया (१८ महिने) नाबालिकाको बलात्कारपछि हत्या भएको विरोधमा स्थानीयबासीले मंगलबार राजमार्गमा चक्काजाम गरेका थिए। त्यहीक्रममा भिडियो खिच्ने पत्रकार सम्झना राई र अन्य दुई जना युट्युबरसहित स्थानीयलाई प्रहरीले पक्राउ गरेको हो।

पक्राउमा परेका उनीहरुलाई हिरासतमा राखिएको स्थानीयहरुको भनाइ छ । स्थानीयहरुका अनुसार पत्रकार राई पूर्वी कमाण्ड अनलाइनकी पत्रकार हुन्।

यता, मोरङ प्रहरीलेले भने ११ जनालाई पक्राउ गरेको स्वीकार्दै उनीहरुको पहिचान हुन बाँकी रहेको बताएको छ। उनीहरूलाई अभद्र व्यवहारको मुद्दा चलाउने तयारी भइरहेको प्रहरी स्रोतको भनाइ छ।

पक्राउ परेका पत्रकार र युट्युबरहरुमाथि पीडित परिवारको पहिचान खुलाएको आरोप छ। उनीहरुले बलात्कार पीडित नाबालिकाको परिवारका सदस्यहरुसहित बुवाआमाको नामै किटेर समाचार बनाएको प्रहरी स्रोतले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077