Jul 01 2026 | २०८३, आषाढ १७ गते

01 Jul 2026 | बुधवार, आषाढ १७ गते २०८३

बुधवार, आषाढ १७ गते २०८३
images
images

पूर्वसचिव भीम उपाध्यायविरुद्ध साइबर ब्युरोमा उजुरी

पूर्वसचिव भीम उपाध्यायविरुद्ध साइबर ब्युरोमा उजुरी

बुधवार , आषाढ १७, २०८३

काठमाडौं । नेपाल सरकारका पूर्वसचिव भीम प्रसाद उपाध्यायविरुद्ध नेपाल मेडिकल काउन्सिलले नेपाल प्रहरीको साइबर ब्युरोमा उजुरी दर्ता गरेको छ।

सामाजिक सञ्जालमार्फत चरित्रहत्या गर्ने तथा भ्रमपूर्ण सूचना फैलाएको आरोप लगाउँदै काउन्सिलले बुधबार उजुरी दिएको हो।

नेपाल मेडिकल काउन्सिलका अनुसार उपाध्यायले आफ्नो प्रमाणित फेसबुक अकाउन्टमार्फत असार १६ गते काउन्सिलका निमित्त रजिस्ट्रार डा. दिपेन्द्र पाण्डेको तस्बिर प्रयोग गरी आपत्तिजनक सामग्री सार्वजनिक गरेका थिए।

उक्त पोस्टमा काउन्सिलका पदाधिकारीहरूलाई लक्षित गर्दै गालीगलौज तथा भ्रामक आरोप लगाइएको काउन्सिलको दाबी छ।

काउन्सिलले आफ्नो नियमित कानुनी तथा नियमनकारी प्रक्रियाअन्तर्गत गरिएका कामलाई व्यक्तिगत रिसइबीका रूपमा चित्रण गर्दै संस्थाको प्रतिष्ठामाथि आँच पुर्‍याउने र सर्वसाधारणमा भ्रम फैलाउने प्रयास गरिएको जनाएको छ।

काउन्सिलका अनुसार सामाजिक सञ्जालमार्फत गरिएको उक्त गतिविधि साइबर बुलिङको प्रकृतिको रहेको र विद्युतीय कारोबार ऐन, २०६३को दफा ४७ विपरीत भएको ठहर गर्दै आवश्यक कानुनी कारबाहीको मागसहित साइबर ब्युरोमा उजुरी दर्ता गरिएको हो।

उजुरीसँगै विवादित फेसबुक पोस्टका स्क्रिनसटहरू प्रमाणका रूपमा पेश गरिएको काउन्सिलले जनाएको छ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077