Jul 22 2026 | २०८३, श्रावण ६ गते

22 Jul 2026 | बुधवार, श्रावण ६ गते २०८३

बुधवार, श्रावण ६ गते २०८३
images
images

अनलाइन सट्टेबाजीमा संलग्न ९ जना पक्राउ, करोडौंको कारोबार फेला

अनलाइन सट्टेबाजीमा संलग्न ९ जना पक्राउ, करोडौंको कारोबार फेला

बुधवार , चैत्र २५, २०८२

काठमाडौं । ललितपुरको हात्तिवनस्थित सिटी स्केप अपार्टमेन्टबाट अनलाइन सट्टेबाजीमा संलग्न ९ जना पक्राउ परेका छन् ।

काठमाडौं उपत्यका अपराध अनुसन्धानको टोलीले मंगलबार तीनजना भारतीयसहित ९ जनालाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा भारतीय नागरिक चेतन यादव, आशिष शर्मा र रौनक सिंह रहेका छन् ।

यस्तै नेपाली नागरिक सुजन दवाडी, निरोज राना, आशिष रेग्मी, हार्दिक पोखरेल, सुरेश पराजुली र योगेन्द्र कुँवर रहेका छन् ।

प्रहरीले उनीहरूको साथबाट ८ वटा ल्याप्टप, २४ वटा मोबाइल र ३१ वटा सिमकार्ड बरामद गरेको जनाएको छ।

प्रारम्भिक अनुसन्धानअनुसार उनीहरूले सट्टेबाजीबाट ३१ करोड २४ लाख ३४ हजार रुपैयाँभन्दा बढीको कारोबार गरेको खुलेको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका एसपी मनोहरप्रसाद भट्टले जानकारी दिए ।

पक्राउ परेकामाथि थप अनुसन्धान भइरहेको उनले बताए ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077