Jul 11 2026 | २०८३, आषाढ २७ गते

11 Jul 2026 | शनिवार, आषाढ २७ गते २०८३

शनिवार, आषाढ २७ गते २०८३
images
images

सरकारविरुद्ध सुकुम्बासीलाई उक्साएको आरोपमा नेकपा नेता खड्का पक्राउ

सरकारविरुद्ध सुकुम्बासीलाई उक्साएको आरोपमा नेकपा नेता खड्का पक्राउ

शनिवार , आषाढ २७, २०८३

काठमाडौं । भूमि समस्या समाधान आयोगका पूर्वकेन्द्रीय उपाध्यक्ष तथा नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का नेता नहेन्द्र खड्का पक्राउ परेका छन्।

प्रहरीले शनिबार कीर्तिपुरस्थित सुकुम्बासी होल्डिङ सेन्टरबाट खड्कालाई नियन्त्रणमा लिएको हो।

प्रहरी स्रोतका अनुसार अनुसन्धानका क्रममा उनले सरकारविरुद्ध आन्दोलन गर्न सुकुम्बासीलाई उक्साएको प्रमाण फेला परेपछि पक्राउ गरिएको हो।

खड्का यसअघि भूमि समस्या समाधान आयोगको केन्द्रीय उपाध्यक्षको जिम्मेवारीमा रहेर काम गरिसकेका छन्। उनी हाल नेकपानिकट अखिल नेपाल सुकुम्बासी संघका अध्यक्षसमेत हुन्।

स्रोतका अनुसार पछिल्ला दिनहरूमा सुकुम्बासी आन्दोलनसँग सम्बन्धित गतिविधिमा उनको सक्रिय भूमिका रहेको भन्दै प्रहरीले अनुसन्धान अघि बढाएको थियो।

सोही क्रममा उनी कीर्तिपुरस्थित होल्डिङ सेन्टरबाट पक्राउ परेका हुन्।

प्रहरीले खड्कामाथि आवश्यक अनुसन्धान भइरहेको जनाएको छ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077