Jul 11 2026 | २०८३, आषाढ २७ गते

11 Jul 2026 | शनिवार, आषाढ २७ गते २०८३

शनिवार, आषाढ २७ गते २०८३
images
images

प्रहरी धरपकडमा घाइते जेनजी अभियन्ता माजिदलाई थप उपचारका लागि शिक्षण अस्पताल लगियो

प्रहरी धरपकडमा घाइते जेनजी अभियन्ता माजिदलाई थप उपचारका लागि शिक्षण अस्पताल लगियो

शनिवार , आषाढ २७, २०८३

काठमाडौं । कीर्तिपुरस्थित राधास्वामी होल्डिङ सेन्टरमा भएको प्रहरी धरपकडका क्रममा घाइते भएका जेनजी अभियन्ता तथा अधिवक्ता माजिद अन्सारीलाई थप उपचारका लागि महाराजगञ्जस्थित शिक्षण अस्पताल लगिएको छ ।

जेनजी अभियन्ताहरूका अनुसार प्रहरीको कुटपिटका क्रममा अन्सारीको टाउको र अनुहारमा बुटले प्रहार गरिएको थियो । जसका कारण उनको अनुहार तथा शरीरको माथिल्लो भागमा गम्भीर चोट लागेको दाबी गरिएको छ ।

घटनापछि अन्सारीलाई प्रारम्भिक उपचारका लागि कीर्तिपुर अस्पताल पुर्‍याइएको थियो। त्यहाँ भिडियो एक्स–रे तथा अन्य स्वास्थ्य परीक्षण सम्पन्न भएपछि थप उपचार आवश्यक देखिएकाले उनलाई शिक्षण अस्पताल महाराजगञ्ज रिफर गरिएको जेनजी अभियन्ता तनुजा पाण्डेले सामाजिक सञ्जालमार्फत जानकारी दिएकी छन्।

शनिबार दिउँसो कीर्तिपुरस्थित राधास्वामी होल्डिङ सेन्टरमा रहेका सुकुम्बासीहरूको अवस्था बुझ्न पुगेका जेनजी अभियन्ताहरू माजिद अन्सारी, मोनिका निरौला, रीया बानियाँ र सरिष्मा थापामाथि प्रहरीले धरपकड गरेको थियो । उक्त क्रममा माजिद अन्सारी घाइते भएका हुन्।

प्रहरीले भने उनीहरूलाई आफ्नो काममा अवरोध गरेको आरोपमा नियन्त्रणमा लिएको जनाएको थियो। पछि पक्राउ परेका सबैलाई रिहा गरिएको छ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077