Jul 07 2026 | २०८३, आषाढ २३ गते

07 Jul 2026 | मंगलवार, आषाढ २३ गते २०८३

मंगलवार, आषाढ २३ गते २०८३
images
images

चिकित्सा शिक्षा आयोगको उपाध्यक्षमा डा. देवेन्द्र खत्री नियुक्त

चिकित्सा शिक्षा आयोगको उपाध्यक्षमा डा. देवेन्द्र खत्री नियुक्त

मंगलवार , आषाढ २३, २०८३

काठमाडौं। चिकित्सा शिक्षा आयोगको उपाध्यक्षमा डा. देवेन्द्र खत्री नियुक्त भएका छन्।

प्रधानमन्त्री एवम आयोगका अध्यक्ष वालेन्द्र शाह बालेनले डा. खत्रीलाई आयोगको उपाध्यक्षमा नियुक्त गरेका हुन्। 

नवनियुक्त उपाध्यक्ष खत्रीलाई आजै मन्त्रालयमा शिक्षा तथा खेलकुद मन्त्री तथा आयोगका सहअध्यक्ष सस्मित पोखरेलले नियुक्तिपत्र पनि प्रदान गरेका छन् । 

सरकारले सार्वजनिक पदाधिकारीको पदमुक्तिसम्बन्धी विशेष व्यवस्था गर्न बनेको अध्यादेश जारी गरेपछि आयोगका उपाध्यक्ष डा. अञ्जनीकुमार झालगायतका पदाधिकारी पदमुक्त भएका थिए । 

त्यस यता रिक्त रहेको पदमा अर्को व्यवस्था नभएसम्मका लागि आयोगका पूर्व उपाध्यक्ष श्रीकृष्ण गिरीलाई कार्यवाहक उपाध्यक्षको जिम्मेवारी दिइएको थियो ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077