Jul 07 2026 | २०८३, आषाढ २३ गते

07 Jul 2026 | मंगलवार, आषाढ २३ गते २०८३

मंगलवार, आषाढ २३ गते २०८३
images
images

रेडक्रसका सवारी साधन व्यक्तिगत रुपमा प्रयोग, केन्द्रले दियो यस्तो निर्देशन

रेडक्रसका सवारी साधन व्यक्तिगत रुपमा प्रयोग, केन्द्रले दियो यस्तो निर्देशन

मंगलवार , आषाढ २३, २०८३

काठमाडौं । नेपाल रेडक्रस सोसाइटीले संस्थाका सवारी साधन र एम्बुलेन्सहरु अनधिकृत रुपमा प्रयोग भएको भन्दै टिकाटिप्पणी आएको जनाउँदै व्यक्तिगत प्रयोग नगर्न मातहतका संरचनालाई निर्देशन दिएको छ ।

रेडक्रसका साधनहरु व्यक्तिगत, पारिवारिक तथा व्यावसायिक, राजनीतिक वा अन्य कुनै कार्यमा प्रयोग गर्न निषेध गरिएको सोसाइटीले जनाएको छ । 

रेडक्रसका सवारी साधन एम्बुलेन्स तथा रेडक्रस चिन्ह व्यक्तिगत प्रयोजनका लागि पूर्ण रूपमा निषेध गरिएको उल्लेख गर्दै नेपाल रेडक्रस सोसाइटीले भनेको छ–‘रेडक्रस चिन्ह अङ्कित सवारी साधन कुनै पनि पदाधिकारी तथा सदस्य एवम् कर्मचारीहरूले मानवीय सेवामा मात्र प्रयोग गर्नुपर्नेछ ।’

संस्थाका सवारी साधन, एम्बुलेन्स तथा रेडक्रस चिह्न विशुद्ध मानवीय सेवाका साथै राहत, उद्धार, स्वास्थ्य सेवा, बिपद् व्यवस्थापन, रक्तसञ्चार कार्यमा संस्थागतक काममा प्रयोग गर्न भनिएको छ । 

रेडक्रसले संस्थाका सवारी साधन, एम्बुलेन्स व्यक्तिगतका काम र रेडक्रस चिन्हको दुरुपयोग भएको भए केन्द्रमा जानकारी गराउन अनुरोध समेत गरेको छ । 

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077