Jul 08 2026 | २०८३, आषाढ २४ गते

08 Jul 2026 | बुधवार, आषाढ २४ गते २०८३

बुधवार, आषाढ २४ गते २०८३
images
images

यी हुन् तुलसी सहकारीका ३७७ ऋणी [नामावलीसहित]

यी हुन् तुलसी सहकारीका ३७७ ऋणी [नामावलीसहित]

मंगलवार , आषाढ २३, २०८३

काठमाडौं । समस्याग्रस्त सहकारी व्यवस्थापन समितिको कार्यालयले समस्याग्रस्त घोषित तुलसी बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडका ३७७ जना ऋणीहरूको नामावली सार्वजनिक गरेको छ।

समितिले उपलब्ध ऋण अभिलेखका आधारमा ऋणीहरूको विवरण सार्वजनिक गरिएको जनाउँदै नामावलीमा समावेश भएका व्यक्तिहरूलाई आफ्नो ऋण अवस्थाबारे यथाशीघ्र सम्पर्क गर्न आग्रह गरेको छ।

समितिका अनुसार साविकमै ऋण चुक्ता गरिसकेका तर नामावलीमा नाम समावेश भएका व्यक्तिहरूले आवश्यक प्रमाणसहित कार्यालयमा उपस्थित भई विवरण सच्याउन अनुरोध गरिएको छ।

त्यसैगरी, ऋण तिर्न बाँकी रहेका ऋणीहरूलाई समितिको कार्यालयमा सम्पर्क गरी तत्काल ऋण चुक्ता गर्न निर्देशन दिइएको छ। तोकिएको समयभित्र ऋण नतिरे प्रचलित कानुनअनुसार असुली प्रक्रिया अघि बढाइने समितिले स्पष्ट चेतावनी दिएको छ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077