Jul 22 2026 | २०८३, श्रावण ६ गते

22 Jul 2026 | बुधवार, श्रावण ६ गते २०८३

बुधवार, श्रावण ६ गते २०८३
images
images

समस्याग्रस्त तीन सहकारीका १७७० ऋणीको नाम सार्वजनिक, ऋण चुक्ता गर्न कडा निर्देशन

समस्याग्रस्त तीन सहकारीका १७७० ऋणीको नाम सार्वजनिक, ऋण चुक्ता गर्न कडा निर्देशन

सोमवार , जेठ ११, २०८३

काठमाडौं । समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले थप तीन सहकारी संस्थाका ऋणीहरूको नाम सार्वजनिक गर्दै तत्काल ऋण चुक्ता गर्न कडा निर्देशन दिएको छ ।

समितिले सोमबार घेदुङ बहुउद्देश्यीय सहकारी, नागरिक कल्याण बहुउद्देश्यीय सहकारी र आइडियल यमुना बहुउद्देश्यीय सहकारीका गरी कुल १ हजार ७ सय ७० जना ऋणीहरूको सूची सार्वजनिक गरेको हो ।

समितिका अनुसार सम्बन्धित ऋणीहरूले यथाशीघ्र समितिको कार्यालयमा सम्पर्क गरी बाँकी रहेको ऋण रकम चुक्ता गर्नुपर्नेछ । अन्यथा प्रचलित कानुनअनुसार असुली प्रक्रिया अघि बढाइने चेतावनी दिइएको छ ।

समस्याग्रस्त सहकारीहरूको दायित्व व्यवस्थापन र रकम असुलीलाई तीव्रता दिने क्रममा समितिले पछिल्लो समय लगातार ऋणीहरूको नाम सार्वजनिक गर्दै आएको छ ।

समितिले यसअघि पनि विभिन्न समस्याग्रस्त सहकारी संस्थाका ऋणीहरूको विवरण सार्वजनिक गरिसकेको छ, जसअनुसार असुली प्रक्रिया अझ कडाइका साथ अघि बढाइँदै गएको बताइएको छ ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077