Jul 07 2026 | २०८३, आषाढ २३ गते

07 Jul 2026 | मंगलवार, आषाढ २३ गते २०८३

मंगलवार, आषाढ २३ गते २०८३
images
images

नवलपरासीमा भ्यान र ट्रक एकआपसमा ठोक्किँदा १० जना घाइते

नवलपरासीमा भ्यान र ट्रक एकआपसमा ठोक्किँदा १० जना घाइते

मंगलवार , आषाढ २३, २०८३

नवलपरासी । नवलपरासी (पश्चिम) बर्दघाट नगरपालिका–४ तारेभिरस्थित पूर्व–पश्चिम राजमार्गमा ईभी भ्यान र ट्रक एकआपसमा ठोक्किँदा १० जना घाइते भएका छन्। 

बुटवलबाट काठमाडौंतर्फ जाँदै गरेको बाप्र०८–००१ ज ००९४ नम्बरको ईभी भ्यान र विपरीत दिशाबाट आउँदै गरेको ना६ख ३४६० नम्बरको ट्रक एकआपसमा ठोक्किदाँ उक्त दुर्घटना भएको हो। 

दुर्घटनामा घाइते हुनेहरूमा ३३ वर्षीय बद्री मगर, २५ वर्षीय नेत्रलाल नेवा, ६५ वर्षीया यनु मगर, ४० वर्षीय रुप गुरुङ, माईक्रोबसका सहचालक ३५ वर्षीय गोविन्द थापा, माईक्रोबस चालक ४४ वर्षीय कृष्ण थापा, २१ वर्षीय किरण मुखिया र २८ वर्षीय प्रकाश भट्टराई घाइते भएका छन्।

यस्तै घाइते हुनेमा दुई भारतीय नागरिक पनि रहेका छन् । भारतको बैंगलोर बस्ने ६५ वर्षीय जगदीश बिएल र कर्नाटक बस्ने ६१ वर्षीय नन्जुण्डे गोडा  रहेका छन् ।

घाइतेमध्ये ४ जनालाई थप उपचारका लागि देवदह मेडिकल कलेज, भलुही रिफर गरिएको छ। अन्य घाइतेहरूको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ।

यस्तै ट्रक चालक मकवानपुरको थाहा नगरपालिका ११ बस्ने ३५ वर्षीय बुद्धिबहादुर ठोकरलाई नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको छ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077