Jul 24 2026 | २०८३, श्रावण ८ गते

24 Jul 2026 | शुक्रवार, श्रावण ८ गते २०८३

शुक्रवार, श्रावण ८ गते २०८३
images
images

सिन्धुलीमा पिकअप भ्यान दुर्घटना हुँदा १३ जना घाइते

सिन्धुलीमा पिकअप भ्यान दुर्घटना हुँदा १३ जना घाइते

सोमवार , आश्विन १३, २०८२

काभ्रेपलाञ्चोक । काठमाडौंबाट सिन्धुलीको गोलन्जर जाँदै गरेको बलेरो पिकअप दुर्घटना हुँदा चालक सहित १३ जना घाइते भएका छन् । गाउँपालिका ६ मरिण डाईभर्सन नजिकै बा २० च ९३१ नम्बरको बलेरो पिकअप बीपी राजमार्गबाट सुनकोसी नदिमा बोलेरो दुर्घटनामा परेको हो। बोलेरो आफैँ अनियन्त्रित भई सडकबाट ५० मिटर तल खसेको थियो। पिकअपमा १९ जना यात्रु सवार थिए । दुर्घटनामा घाइतेमध्ये एकको अवस्था गम्भीर रहेको छ । घाइतेहरूको इलाका प्रहरी कार्यालय खुर्कोटबाट खटिएको प्रहरी तथा ससस्त्रको गोताखोर टोलीले उद्धार गरेको थियो । प्रहरीका अनुसार उनीहरुको सुनकोशी सामुदायिक अस्पताल खुर्कोटमा उपचार भइरहेको छ।

यी हुन घाइतेहरू :

१) सिन्धुली गोलन्जोर गाउँपालिका ४ बस्ने वर्ष २३ को प्रेम मगरको टाँउकोमा चोट (अवस्था गम्भीर)

२) वर्ष २० को रोजिना थापा मगर (अवस्था मध्यम)

३) वर्ष १७ को भोज बहादुर थापा मगर (अवस्था मध्यम)

४) वर्ष ३५ को तारा बहादुर खुलाल (अवस्था मध्यम)

५) वर्ष ११ को सुसन मगर (अवस्था मध्यम)

६) केदार थापा मगर (अवस्था मध्यम)

७) वर्ष २० मालती खुलाल (अवस्था सामान्य)

८) वर्ष २२ को ज्ञानेन्द्र मगर (अवस्था सामान्य)

९) वर्ष २२ को जम्पा खुलाल मगर (अवस्था सामान्य)

१०) वर्ष ८ को नितेश मगर (अवस्था सामान्य)

११) वर्ष २२ को रोश्मी मगर (अवस्था सामान्य)

१२) वर्ष २५ को ओम आले मगर (अवस्था सामान्य)

१३) वर्ष २६ को ओम बहादुर राना (चालक) : (अवस्था सामान्य)

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077