काठमाडौं । सरकारले चितवनस्थित बीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालको रिक्त अध्यक्ष पदमा वरिष्ठ चिकित्सक डा।योगेन्द्रप्रसाद सिंहलाई नियुक्त गरेको छ।
नियुक्तिपछि सिंहले आज स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयमा स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहताबाट पद तथा गोपनीयताको शपथ ग्रहण पनि गरेका छन् ।
त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा ४६ वर्ष लामो सेवा गरी अवकाश प्राप्त डा। सिंह स्वास्थ्य क्षेत्रका वरिष्ठ चिकित्सक पनि हुन् ।
पद तथा गोपनीयताको शपथ ग्रहणसँगै उनले बीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालको अध्यक्षको जिम्मेवारी औपचारिक रूपमा सम्हालेका छन् ।