Jun 25 2026 | २०८३, आषाढ ११ गते

25 Jun 2026 | बिहिवार, आषाढ ११ गते २०८३

बिहिवार, आषाढ ११ गते २०८३
images
images

विषालु च्याउ खाँदा एकै परिवारका ६ जना बिरामी, अस्पतालमा उपचार हुँदै

विषालु च्याउ खाँदा एकै परिवारका ६ जना बिरामी, अस्पतालमा उपचार हुँदै

बिहिवार , आषाढ ११, २०८३

दोलखा । भीमेश्वर नगरपालिका–८ बोचमा घर नजिकैको बारीमा उम्रिएको च्याउ पकाएर खाँदा एकै परिवारका ६ जना बिरामी परेका छन्।

जिल्ला प्रहरी कार्यालय दोलखाका अनुसार जिरी माया तामाङको परिवारले आफ्नै घर नजिकको बारीमा उम्रिएको च्याउ पकाएर खाएपछि सबैमा स्वास्थ्य समस्या देखिएको हो।

बिरामी परेकाहरूलाई तत्काल उद्धार गरी पशुपति चौलागाईं स्मृति अस्पताल, चरिकोटमा भर्ना गरिएको प्रहरीले जनाएको छ। उनीहरूको उपचार भइरहेको छ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077