Jun 25 2026 | २०८३, आषाढ ११ गते

25 Jun 2026 | बिहिवार, आषाढ ११ गते २०८३

बिहिवार, आषाढ ११ गते २०८३
images
images

जंगली च्याउ खाँदा बाबुको मृत्यु, परिवारका चारजना बिरामी

मकवानपुर । मकवानपुरमा जंगली च्याउ खाँदा एक जनाको मृत्यु भएको छ । जिल्लाको राक्सिराङ गाउँपालिका-७ दुगुवाङका बलबहादुर प्रजाको मृत्यु भएको हो ।

जंगली च्याउ खाएर गम्भीर बिरामी भएका उनको चितवनको भरतपुर सरकारी अस्पतालमा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

जंगली च्याउ खाँदा बलबहादुरसहित ५ जना बिरामी भएका थिए । बिरामी परेका उनीहरुलाई उपचारका लागि सिधै चितवन लगिएको थियो ।

बलबहादुरले जंगलबाट ल्याएको च्याउ पकाएर खाएकाहरु बिरामी परेका हुन् । बिरामी पर्नेमा बलबहादुरको ४५ वर्षीया श्रीमती जालीमाया प्रजा, १५ वर्षीया छोरी रेन्जु र ८ वर्षीया छोरी सविना तथा १० वर्षका छोरा सुशील बिरामी परेका छन् ।

उनीहरुको चितवनमै उपचार भइरहेको छ । जिल्ला प्रहरी कार्यालय मकवानपुरले घटनाको अनुसन्धान थालेको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077