Jun 25 2026 | २०८३, आषाढ ११ गते

25 Jun 2026 | बिहिवार, आषाढ ११ गते २०८३

बिहिवार, आषाढ ११ गते २०८३
images
images

जंगली च्याउ खाँदा दाङमा एकजना बिरामी

दाङ । जंगली च्याउ खाँदा दाङमा एकजना सिकिस्त भएकी छन् ।

सिकिस्त हुनेमा घोराही उपमहानगरपालिका-१८ की १८ वर्षीया राधा पुन रहेको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।

सोमवार विहान करिब ११ बजेतिर पुनले घरनजिकैको जंगलबाट टिपेर ल्याएको च्याउ परिवारका ४ जनाले खाएका थिए।

अन्य सदस्यलाई केही नभएको र राधा विरामी भएपछि दिउँसो करिब साढे ३ बजेतिर राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराही दाङमा ल्याई उपचार भइरहेको छ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077