Jun 25 2026 | २०८३, आषाढ ११ गते

25 Jun 2026 | बिहिवार, आषाढ ११ गते २०८३

बिहिवार, आषाढ ११ गते २०८३
images
images

जंगली च्याउ खाँदा एकै परिवारका ७ जना बिरामी, एकको अवस्था गम्भीर

मकवानपुर । जंगली च्याउ खाँदा मकवानपुरको एकै परिवारका ७ जना बिरामी परेका छन् ।

जिल्लाको भीमफेदी गाउँपालिका-६ उर्लाघारीका ६५ वर्षीया मंगलीमाया स्याङ्तानको परिवारका सात जना बिरामी परेका हुन् ।

बिरामीमध्ये एक जनाको अवस्था गम्भीर रहेको जिल्ला प्रहरी कार्यालय, मकवानपुरले जनाएको छ । प्रहरीका अनुसार बुधबार साँझ जंगली च्याउको तरकारी खाँदा उनीहरू बिरामी परेका हुन् ।

बिरामीमध्ये मंगलीमाया र लक्ष्मीमायालाई थप उपचारका लागि चितवनस्थित भरतपुर सरकारी अस्पताल पठाइएको छ भने अन्य बिरामीको मकवानपुरस्थित हेटौंडा अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077